“झलक दिखला जा” को उपाधि टेरिया मगरलाई !

माघ ७ काठमाडौं

नेपाली चेली तेरिया मगर ुझलक दिखला जा’ को सिजन नौमा विजेता बन्न सफल भएकी छन् । भारतिय च्यानल कलर्स टेलिभिजनमा प्रशारण हुने निकै चर्चित डान्स रियालिटी सो को सिजन नौमा अनलाइन ‘बलिउड लाइफ’ ले जनाएअनुसार उनी अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै विजेता बनेकी हुन्।

औपचारिकरुपमा विजेताको रुपमा उनको नाम शनिबार कलर्स च्यानलबाट सार्वजनिक हुनेछ। सो को फाइनलमा नृत्य र भोटिङको आधारमा विजेता छानिएको थियो। उनले सबैभन्दा धेरै भोट प्राप्त गरेकी थिइन्। सलमान युसुफ र सन्तनु महेस्वरीले टेरियालाई कडा टक्कर दिएका थिए।

रुद्रपुर रुपन्देही निवासी टेरियाले यस अघि ‘डान्स इन्डिया डान्स’ को उपाधि समेत हात पारेकी उपाधी जितेर चर्चित बनेकी टेरिया मगर फेरी चर्चाको शिखरमा पुगेकी छिन् । यो जितसँगै तेरियाले ३० लाख भारतीय रुपैयाँ र रेनाल्ड डस्टर ब्राण्डको कार पनि प्राप्त गर्ने छिन्।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

One thought on ““झलक दिखला जा” को उपाधि टेरिया मगरलाई !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)