कतारमा माघी महोत्सव तथा थारू कल्याणकारी सभा च्याप्टरको चौथौ महाधिवेसन सम्पन्न !

कृष्ण सारू मगर
दोहा(कतार, माघ ४

थारू कल्याणकारी सभा च्याप्टरले माघी महोत्सव तथा थारू कल्याणकारी सभा च्याप्टरको चौथौ महाधिवेसन विविध कार्यक्रम गरि सम्पन्न गरेको छ ।
ूजातीय पहिचानको संरक्षण(प्रवर्द्धन, शैक्षिक, आर्थिक, समाजिक उत्थान हाम्रो अभियान ,भन्ने मुल उद्धेश्यका साथ स्थापित थारू कल्याणकारी सभा च्याप्टरले साँस्कृतिक पर्व २६४१ औं नयाँ वर्षलाई नेपाल प्रवासी आदिवासी जनजाति महासंघका अध्यक्ष लिलम चिदी मगरको प्रमुख आतिथ्यतामा माघी महोत्सव तथा चौथौ महाधीवेसन सम्पन्न गरेको हो । कार्यक्रममा आ आफौ भेष्म भुषामा सहभागी कलाकारले विविध साँस्कृतिक प्रस्तुतिको साथै बाल कलाकारहरुको पनी प्रस्तुती रहेको थियो।


कार्यक्रममा नाटक समेत प्रतुत गरिएको थियो । नाटकमा स्वदेशमा रहेकी श्रीमतीको ईक्षा आकाँक्षा संगै, बाल(बालिकाको भविष्य एवं विविध कथा वस्तुमा आधारित शिक्षा, आर्थिक, समाजिक रूपान्तरणका महत्त्व र जनचेतनामूलक विषयवस्तु समेटएको थियो । नाटकमा कलाकारहरु अरूण चौधरी, चाँदनी चौधरी र जागेश्वर चौधरीले अभिनय गर्नुभएको थियो ।

विशेष अतिथिमा संरक्षक रामलगन चौधरी, सियाराम चौधरी, गैर आवासीय नेपाली संघ समन्वय परिषदका अध्यक्ष विनेश तामाङ रहेका थिए । महासंघमा आवद्ध भातृ संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न क्षेत्रीय, वर्गीय, धार्मिक, साँस्कृतिक संघ, संगठनका प्रतिनिधि तथा उधोग ब्यावसायी समाजसेवी, बुद्धिजीवी, एवं विशिष्ट ब्याक्तित्व लगायत स्थानीय पत्रकारलाई अतिथि ग्रहण गराईएको थियो ।

शिक्षा संगै समाज प्रति सेवाभावको ईक्षा शक्ति हुनु पर्ने धारणा राख्दै स्थापनाकाल देखि तन, मन वचन र कर्मले संस्थालाई योगदान पुर्याएका पूर्व अध्यक्ष सियाराम चौधरीलाई प्रमुख अतिथि चिदी मगरले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो। विशेष अतिथि संरक्षक रामलगन चौधरी र कार्यक्रम सभाध्यक्ष पजियारले संयुक्तरूपमा सम्मान पत्रले सम्मान उहाँलाई सम्मान गरिएको हो ।
यसै गरि समाजलाई दिएको योगदानको मुल्यांकन गर्दै विभिन्न संघ संस्था तथा विभिन्न ब्याक्तिहरूलाई सम्मान पत्र प्रदान गरी सम्मान गरेको छ ।

जनवर्गीय संगठनका अध्यक्ष रामहरि गैह्रे, पाल्पाली सेवा समाजका सचिव दुर्गा अधिकारी, महासंघ आवद्ध मतृ संस्थाहरूको प्रतिनिधित्व गर्दै भुजेल सेवा समाजका नियम भुजेल, विशेष अतिथि गैर आवासीय नेपाली संघ समन्वय परिषदका अध्यक्ष विनेश तामाङ्गले नेपाली भुमिपुत्र आदिवासी(जनजाति समुदायका हरेक मातृ संस्थाले आ(आफ्नो परम्परागत संस्कार, संस्कृतिको संरक्षण संवर्द्धन गर्नुपर्ने धारणा राख्दै राष्ट्रिय पर्व माघी महोत्सव तथा चौथो महादिवेशन बाट नव निर्वाचित पदाधिकारीलाई अग्रिम शुभकामना दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली महिला समाजकी अध्यक्ष रेखा राईले भनिन् आफू विभिन्न कार्यक्रममा उपस्थिति जनाउँदै आएको थिएँ थारू क।स च्याप्टरले महिलालाई समावेशी वातावरणको विशेष अवसर प्रदान गरेकोले अझ थप प्रगतिको कामना गरे ।

विविध विषयमा थारू समुदायको खुलेरै प्रशंसा गरेका प्रमुख अतिथि चिदी मगरले शिक्षाले चेतनाको विकास, आर्थिक रूपान्तरणमा अभिबृद्धि संगै समाजिक समृद्धि यसको आवश्यकता, महत्त्व प्रति हामीले प्रगतिशील विचार, सकारात्मक ईक्षा शक्तिमा बदल्नु पर्ने जरूरी रहेकोले समय सापेक्ष सुचना प्रवृधिको विकास र अबलम्वनमा जोड दिनु पर्ने बताउँदै शुभकामना दिए ।

थारूहरूले आफ्नो मौलिक पहिचान र अस्तित्वलाई संरक्षण र प्रवर्द्धनका लागि एक जुट हुनु जरुरी रहेको धारणा राख्दै राष्ट्रिय पर्व माघी महोत्सवले सबैमा सुस्ख, शान्ति, समृद्धि सु(स्वास्थ्य तथा लामो आयूको कामना गर्दै उपस्थित सम्पुर्ण पाहुनागणमा शान्ति चौधरीले स्वागत गरेकी थिए ।

माघी महोत्सवकै अवसरमा चौथो महादिवेशन १३ जनवरी सुक्रबारका दिन दोहा स्थित अल नख्यान रेष्टुरेन्टको सभाहलमा मञ्जु चौधरीको संचालनमा सम्पन्न कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष ईन्जिनियर अंजनी कुमार पजियारले गरेका थिए । अधिवेसनले सियाराम चौधरीको संयोजकत्वमा नँया समिती पनी चयन गरेको छ । समितीको प्रथम उपाध्यक्ष, सत्य नारायण चौधरी, द्धितिय उपाध्यक्ष, श्यामलाल चौधरी, महामन्त्री, भगवती प्र। चौधरी, सह(महामन्त्री, हरी ब।महतो, सचिव, शान्ति चौधरी, कोषाध्यक्ष, अजय चौधरी, सह(कोषाध्यक्ष, सुर्य नारायण चौधरी, महिला तर्फ चाँदनी चौधरी, पार्वती चौधरी, सबिता चौधरी रहेका छन् । त्यस्तै सदस्यहरू भागेश्वर प्र।चौधरी, विजय जय नारायण, धर्मेन्द्र, हरेराम, प्रदिप कुमार, मनोज, नागराज, र महिला तर्फ लक्ष्मी कुमारी चौधरी रहेका छन् ।

यसै गरि अरविन्द चौधरीको अध्यक्षतामा बसेको बैठकले विभिन्न विभागीय समिति गठन गर्दै, साँस्कृतिक विभाग प्रमुखमा घनश्याम चौधरी, महिला विभाग प्रमुख, मञ्जु चौधरी र अनुशासन विभागमा सुर्य नारायण चौधरीलाई मनोनय गरेको छ ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)