बुटवलमा मगर खाना महोत्सव–२०७३ सम्पन्न !

आशिष सूर्यवंशी मगर
बुटवल

नेपाल मगर महिला संघ बुटवल उपमहानगरपालिकाले माघे सक्रान्तीको अवसरमा बुटवल ९ स्थित हिलपार्कमा मगर खाना महोत्सव–२०७३ सम्पन्न गरेको छ ।माघे सक्रान्तीमा मगर समूदायले परापुर्वदेखि नै आफ्ना आफन्तलाई आलोपालो बोलाई तरुल, माछामासु, बटुक लगायत परिकार बनाएर खाने चलन रहेको छ ।
पछिल्लो समयमा यस परम्परालाई त्यति महत्व नदिएकोले हाम्रो परम्परा र संस्कृती लोप हुने अवस्थामा छन् । त्यही परम्परा र संस्कृतीलाई जोगाइराख्ने उदेश्यले मगरहरुको राष्ट्रिय पर्व माघे सकंरातीलाई सामूहिक रुपमा तथा कार्यक्रमको आयोजना गरी मनाउने गरिन्छ । मगर महिला संघ बुटवलले यो पर्वलाई विगत सात वर्षदेखि निरन्तर मनाउँदै आएको छ । यो वर्ष पनी मगर महिला संघ बुटवलले मगर खाना महोत्सव–२०७३ को आयोजना गरी माघे सकंराती पर्व मनाएको छ ।

महोत्सवको एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको थियो । नेपाल मगर संघ बुटवलीकी कोषाध्यक्ष माया गलामी मगरको अध्यक्षता तथा मगर संघ बुटवलका अध्यक्ष गोपाल चौहान मगरको प्रमुख आतिथ्यता भएको कार्यक्रममा विशिष्ट अतिथि आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीका सचिव आशिष सूर्यवंशीमगर, मगर बौद्ध सेवा समिति केन्द्रीय सदस्य कल बहादुर थापामगर, नेपाल मगर संघ रुपन्देहीका सदस्य भोजबहादुर बुढाथोकी मगर, नगर समिति सदस्य श्रीराम रेश्मी मगर लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

खानाको लागि टिकट विक्री गरिएको र उक्त संकलित रकमबाट विभिन्न सामाजिक काम गर्ने कोषध्यक्ष माया गलामी मगरले बताउनु भयो । संघले विभिन्न सामाजिक कार्यहरु गर्दै पनि आएको छ । मगर तथा गैर मगर समेतको बाक्लो उपस्थिति रहेको उक्त महोत्सव मगर महिला संघ बुटवलकी सदस्य सरिता श्रीसको स्वागत र सहसचिव लक्ष्मी पुनमगरको संचालनमा सम्पन्न भएको हो । महोत्सवमा सामुहिक नाचगान समेत गरिएको थियो ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)