उपराष्ट्रपतिसंग माघे सकराटी मनाउने !

प्रताप रानामगर
पौष २८, दमौली तनहुँ

मगर समुदायको मौलिक पर्व माघे सकराटी देश तथा विदेशमा भव्य रुपमा मनाउने तयारी गरिरहेको छ । माघे सकराटीको अवसरमा देश विदेशमा विविध कार्यक्रमको आयोजना गरिएको छ । यता तनहुँका मगर समुदायले भने उपराष्ट्रपति नन्दबहादुर पुन मगरसंग माघे सकराटी पर्व मनाउने भएका छन् । तनहुँको दमौलीमा आयोजना गरिने माघे सकराटी पर्वको विशेष समारोहमा उपराष्ट्रपति पुनमगरले उद्घाटन गर्ने मगर संघ तनहुँले आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

दमौलीमा जारी छैठो तनहुँ महोत्सवको मन्चमा नै भव्य रुपमा माघेसकराटी पर्व तनहुँका मगर समुदायले मनाउने उपराष्ट्रपति पुनमगरसंग मगर संघ तनहुँका अध्यक्ष सिद्धान्त थापामगरले पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको थियो ।

माघेसकराटी पर्वमा मगर समुदायको मौलिक परिकार, तरुल, बारा, सुगुरको मासु, भटमास ,गुन्द्रुक लगायतका परिकार कार्यक्रम स्थलमा खानपान गरी एक आसपासमा शुभकामना आदान प्रदान गरी कौराहा, नचरी, झ्याउरे लगायतका मगर समुदायका मौलिका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने मगर संघ तनहुँका सदस्य एवं सांस्कृतिक संयोजक नन्दबहदाुर थापा मगरले बताउनुभयो ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ तनहँुँका अध्यक्ष डम्बर अधिकारीले तनहुँ मगर समुदायको बाहुल्य मात्र नभई कला संस्कृतिको धनी जिल्ला भएको बताउनु भएको थियो ।

कार्यक्रमलाई व्यवस्थित गर्नका लागि १ सय ५० जना मगर युवालाई स्वंसेवक खटाउने र स्वंसेवकले मगरात अंकित ढाकाटोपी लगाउने मगर संघ तनहुँका सह–सचिव मणिराज थापाले जानकारी दिनुभयो । उपराष्टपतिलाई स्वागतका लागि दमौली बजारमा राष्ट्रिय झण्डा र मगर संघको झन्डा राखिने, शुक्लागण्डकी नगरपालिका, काहुँशिवपुर झापुटार र छिपछिपेको मगर समुदायको पञ्चेबाजाले भव्य स्वागत गरिने कार्यक्रम तय भएको छ ।

कार्यक्रम सुरु हुनु भन्दा अगाडि माघे सकराटीको दिन मगर भेषभूषामा सजिएर मौलिक बाजागाजा र झाँकी सहित बृहत ¥याली निकाल्ने मगर संघ तनहुँ सदस्य पूर्णबहादुर थापामगरले जानकारी दिनुभयो । उक्त कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायिका जुना श्रीसमगरको विशेष सांगितिक प्रस्तुती रहनेछ ।

तनहुँका सबै गाविस र नगरपालिकाबाट गरी माघेसकराटी पर्व मनाउनका लागि मगर समुदाय दमौली आउनेछन् । उपराष्ट्रपतिलाई तनहुँ आउने कार्यक्रम तय भएसंगै प्रशासनले सुरक्षा व्यवस्था कडा पारिएको छ । उपराष्ट्रपति पुनमगर २९ गते दमौली बस्ने कार्यक्रम तय भएको छ । तनहुँमा १ लाख ७ हजार जना मगर जनसंख्या रहेको र जिल्लाको जनसंख्याको प्रतिशतमा हेर्दा २७ प्रतिशत जनसख्या रहेको छ ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)