मगर विद्यार्थी संघ म्याग्दीमा श्याम थापा !

लोकेश पुन मगर
पुस २४,म्याग्दी

नेपाल मगर विद्यार्थी संघ म्याग्दीको सातौं जिल्ला अधिबेशनबाट श्याम थापा मगर अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको छ । शनिवार बेनीबजारमा सम्पन्न भएको अधिबेशनले सर्वसम्मत १९ सदस्यी नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लालबहादुर थापा (लब), सचिवमा चन्द्र बुढा, कोषाध्यक्षमा एलिना पुन र सहसचिवमा यमुना पाइजा मगर चयन हुनु भएको छ । त्यसै गरी समितिको सदस्यहरुमा गिता बुढा मगर, असोक पुन मगर, दिनेश फगामी (दिपु), खगेन्द्र बहादुर घर्ति मगर, दलबहादुर रोका(दर्पण), विजय घर्ति मगर, खिमा थापा मगर, भरत अर्मजा मगर चयन हुनु भएको छ ।

त्यसै गरि समितिको अन्य सदस्यहरुमा संगम पुन मगर, विकल रोका मगर, अप्सन राम्जाली मगर, मनबहादुर घर्ति मगर, लक्ष्मी पुन मगर, हिककुमार पाइजा चयन हुनु भएको छ । नवनिर्वाचित समितिलाई नेपाल मगर संघ म्याग्दीका विद्यार्थी विभाग प्रमुख खम थापाले सपथ खुवाउनु भएको कार्यक्रममा नेपाल गमर संघ म्याग्दीका सचिव लोकेश पुन मगरले सहिजकरण गर्नु भएको थियो ।

सातौ जिल्ला अधिबेशनको उद्घाटन गर्दै आदीबासी जनजाति महासंघ, म्याग्दीका अध्यक्ष श्री मुक्ति रोकाले सम्पूर्ण मगर विद्यार्थीलाई संघको झण्डा मुनि रहि आप्mनो हक अधिकार खोज्ने सचेत हुनु पर्नेमा जोड दिनु भयो । नेपाल मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजाली, सचिवालय सदस्य बालकुमार रोका, नेपाल मगर भुपू सैनिक संघका अध्यक्ष सुवेदार थमबहादुर गर्बुजा, संस्थापक अध्यक्ष राजकुमार थापा, पूर्व अध्यक्ष बालकुमारी पुन, नेपाल मगर विद्यार्थी संघ, धौलागिरी सभितिका अध्यक्ष लाल पुर्जा मगर,सल्लाहकार नरबहादुर थापा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा सचिव श्याम थापाले प्रगति प्रतिबेदन र कोषाध्यक्ष लालबहादुर थापाले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदन सर्वसम्मत पारित गरेको थियो । कार्यक्रम संघका अध्यक्ष देवेन्द्र फगामी मगरको अध्यक्षता, कोषाध्यक्ष लालबहादुर थापाको स्वगत र सचिव श्याम थापाको संचालनमा सम्पन्न भएको कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थिायो ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)