खुर्पेटोको टेलर सार्वजनिक (भिडियो सहित) !

श्याम राना मगर
मगर मिडिया, पुस १, काठमाण्डौ

मिफ्रुङ फिल्मस प्रोडक्सन प्रा.लि.को व्यानरमा निर्माण भएको मगर कथानक चलचित्र खुर्पेटोको टेलर सार्वजनिक भएको छ ।

भिम राना मगरको परिकल्पना अनि विकास मगर (विश्वास)को लेखन निर्देशनमा निर्माण भएकोे यस चलचित्रको मुख्य विषयवस्तु खुर्पेटो रहको छ । मगर पहिचानमुलक चिन्ह खुर्पेटो र यसको पहिचान, प्रयोग, महत्व र विशेषता साथै ग्रामिण जीवनशैली, मिलन विछोडलाई लिएर बनाइएको यस चलचित्रको निर्माता राजेन्द्र आलेमगर (तुल)ले गर्नुभएको छ ।

गोरखाको बुङ्कोट र त्यसको आसपासमा छायाँङकन गरिएको यस चलचित्रमा छाँयाङ्कन राहुल रार्ईले गर्नु भएको छ भने पोस्टप्रोडक्सनको कार्य म्याजिक स्टुडियो जमलबाट भएको छ ।

खुर्पेटो चलचित्रमा समावेश भएका चारवटा गीतहरु भने यस अघि नै युट्युवमा सार्वजनिक भईसकेको छ । जसलाई हाइलाइट नेपालले बजारमा वितरण गरेको छ । जसको नृत्य निर्देशन चित्र मास्की मगरले गर्नुभएको छ ।

चलचित्रको टेलर सार्वजनिक भएसँगै कुवेत, युके तथा नेपालको विभिन्न ठाउँमा प्रदर्शनको लागि तयारी भईरहेको निर्माण स्रोतले जनाएको छ ।