निर्धारित समयमै सकियो ‘शिरफूल’ को छायांकन (फोटो फिचरसहित)

काठमाडौं, १ पुस ।
चलचित्र ‘शिरफूल’ को निर्धारित समयमै छायांकन सकिएको छ । चलचित्रको ३५ दिनमा छायांकन सक्ने निर्माणपक्षले लक्ष्य लिए अनुरुप चलचित्रको छायांकन सकिएको चलचित्रका निर्देशक कमल एक्चै मगरले जानकारी दिनुभयो। पर्फमिङ आर्ट क्रियशन र मगर्स क्रियशन प्रालिको संयुक्त प्रस्तुतीमा निर्माण भईरहेको ‘शिरफूल’को छायांकन सकिएको एक कार्यक्रमबीच जानकारी गराइएको हो

कार्यक्रममा बोल्दै निर्माता आर्शीवाद पुनले भन्नुभयो अब एउटा गीतको मात्र छायांकन बाँकी छ , अरु दृश्यको छायाँकन सकिएर सम्पादनमा पुगेका छौं ।’ चलचित्र ‘शिरफूल’मार्फत निर्देशकदेखि कलाकारसम्म डेब्यु गर्दैछन् । ‘शिरफूल’ कमलको डेब्यु निर्देशन चलचित्र हो भने यसै चलचित्रमार्फत चर्चित लोकगायिका नीता पुन र गायक देव आले मगरले पनि अभिनयमा डेब्यु गर्दैछन् ।

थुप्रै म्युजिक भिडियोको निर्देशन गरेर चलचित्र निर्देशनमा डेब्यु गरेका कमलले भने, ‘चलचित्र शिरफूल सोचेभन्दा राम्रो बनेको छ । अरु कुरा सिनमा हलमा आएपछि दर्शकले मूल्यांकन गर्ने हो ।’
चलचित्रमा आधुनिकताको बढ्दो प्रभावसँगै मुख्य विषयवस्तु बनाइएको छ ।

निर्देशक कमलका अनुसार ‘शिरफूल’ नारीप्रधान चलचित्र हो । उनले भने, ‘यो चलचित्रले युवापुस्तामा देखिएको पश्चिमा संस्कृतिको प्रभावलाई चित्रण गर्छ जबकि प्रेम, कला र संस्कारलाई फेसनका रुपमा लिने चलनको बढ्दै गएको छ ।’ चलचित्रमा अभिनेत्री रुपा राना बाहेक अधिकांश थिएटरका कलाकार छन् ।
‘शिरफूल’मा विनिता मगर, राज थापा, रुपा राना, देव आले मगर, पुजा गदल, नीता पुन, नमिता तामाङ, विना थापा, लिला गुरुङ, राजु योगिन, सुनिल मगरलगायतको मुख्य अभिनय रहेको छ भने हरि लम्सालको संगीत, डिपी खानाल र सन्दीप थापाको गीत रहेको छ । सिद्धान्त एस।पौडेलको निर्माण नियन्त्रण रहेको ‘शिरफूल’लाई निरोज श्रेष्ठले खिचेका हुन् । यो चलचित्रको छायांकन काठमाडौंका आलावा तनहुँ, पोखरा र सोलुखुम्बुको विभिन्न स्थानमा गरिएको छ ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)