गीतकार निशा श्रीसको ‘मगरकी छोरी’को म्यूजिक भिडियो सार्वजनिक !

रूद्र श्रीसमगर
पोखरा, ३० मंसिर

नवोदित गीतकार निशा श्रीसको ‘मगरकी छोरी’ बोलको प्रवद्र्धनात्मक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सो म्यूजिक भिडियोलाई टाइगर्स फिल्मस् प्रालिले युट्युबमार्फत् सार्वजनिक गरेको हो ।

बागलुङ जिल्लाका विभिन्न पर्यटकीय स्थलमा छायाड्ढन गरिएको सो म्यूजिक भिडियोमा मोडलका रूपमा गीतकार निशा श्रीस स्वयं र खुशी बुढाले अभिनय गरेका छन् । गोविन्द पुनको निर्देशन रहेको म्यूजिक भिडियोको छायाड्ढन एवं सम्पादन दानबहादुर श्रीसले गरेका हुन् । बीबी अनुरागीको संगीत रहेको गीतमा जुनु रिजालको स्वर रहेको छ । हंसराज खवास ‘विजय’को कोरियोग्राफी र पुनम पुनको मेकअप रहेको म्यूजिक भिडियोमा बागलुङको गलकोटका विभिन्न पर्यटकीय स्थलहरू घुम्टे लेक, गाईघाट झरना, हटिया बजार, हरिचौर बजारलगायत देखाइएको छ । त्यति मात्र नभएर मगर जातिको संस्कृतिका रूपमा रहेका सोरठी, घाँटु, कौह्रालगायतका लोकसंस्कृति समेत म्यूजिक भिडियोमार्फत् प्रवद्र्धन गर्न खोजिएको छ ।

गीतको सफलताको लागि मगर मिडिया डट कम (www.magarmedia.com) को तर्फबाट धेरै धेरै शुभकामना ।

‘मगरकी छोरी’ गीतको म्यूजिक भिडियो हेर्नुहोस:

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)