मगर विद्यार्थी संघ जनप्रिय मा.वि. अध्यक्षमा भूमिका पुनमगर !

पोखरा, २९ मंसिर

नेपाल मगर विद्यार्थी संघ कास्कीले आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ ।

सोही क्रममा पोखरा–८, सिमलचौरस्थित जनप्रिय मा.वि.मा १४ सदस्यीय नेपाल मगर विद्यार्थी संघ जनप्रिय मा.वि. समिति गठन भएको छ ।

बुधबार भएको भेलाले उक्त समिति गठन गरेको हो । जसको अध्यक्षमा भूमिका पुनमगर सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै, उपाध्यक्षमा लीलबहादुर साठीघरे मगर, सचिवमा यमन घर्तीमगर, सह–सचिवमा सुस्मिता थापामगर, कोषाध्यक्षमा मदन रानामगर रहनुभएको छ । त्यसैगरी, सदस्यहरूमा क्रमशः प्रकाश पुनमगर, सुनिता आलेमगर, पुनम श्रीसमगर, अदिप थापामगर, अनु पुनमगर, लक्ष्मी थापामगर, लक्ष्मी आलेमगर, अनिषा आलेमगर र रवि मफ्चनमगर रहनुभएको छ ।

भेलामा मगर विद्यार्थी संघ जिल्ला समिति कास्कीका अध्यक्ष दिनेश रोकामगरले हरेक क्षेत्रमा मगर विद्यार्थीहरूको भूमिका बढाउनुपर्ने र यसको लागि संगठित हुनुपर्ने बताउनुभएको थियो । त्यसैगरी, भेलामा नवनिर्वाचित समितिलाई बधाई दिँदै मगर विद्यार्थी संघ गण्डकी अञ्चल समितिका सल्लाहकार प्रेम रोकामगरले मगर भाषा, संस्कृति, रितिरिवाज जोगाई राख्नमा मगर विद्यार्थीको धेरै भूमिका रहने कुरामा जोड दिनुभएको थियो । साथै, नजिकिँदै गरेको संघको नवौं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न समेत निर्देशन दिनुभएको थियो ।

भेला संयोजक भूमिका पुनमगरको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन यमन घर्तीमगरले गर्नुभएको थियो ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)