चलचित्र खुर्पेटो कुवेतमा !

श्याम रानामगर
मंसिर २६, काठमाण्डौ

मिफ्रुङ फिल्मस प्रोडक्सन प्रा.ली. को व्यानरमा निर्माण भएको पहिलो मगर कथानक चलचित्र खुर्पेटो आगामी जनवरी २७ मा कुवेतमा प्रदर्शन हुने भएको छ ।

खुर्पेटोको प्रर्दशन वैडिङ् हल जिलिव अल–शुवैख, कुवेतमा आगामी जनवरी २७ मा अपरान्ह १२ः०० बजेदेखि हुने भएको छ । जसको टिकटको लागि राजेन्द्र आलेमगर र मगरसंघ कुवेतमा सम्पर्क राख्न सकिने जानकारी आयोजकले दिएको छ ।

भिम राना मगरको कथामा रहेको यस चलचित्रको लेखन तथा निर्देशन बिकास मगर (विश्वास)ले गर्नु भएको छ भने, मगर संघ कुवेतका वरिष्ठ सदस्य राजेन्द्र आले मगर (तुल) निर्माता रहेको छ । साथै, राहुल राईको छाँयाङ्कन, मित्र गुरुङको सम्पादन, चित्र मास्की मगरको नृत्य र निर्माण नियन्त्रक तिल ब. थापा मगरको रहेको छ ।

नेपालमगर संघको झण्डामा अंकित मगर संस्कृतिमा आधारित कथावस्तु भएको चलचित्रमा चर्चित लोक दोहोरी गायिका मुना थापामगरले पहिलो पल्ट चलचित्रको पर्दामा देखिदैँ हुनुहुन्छ । भने अन्य कलाकारहरुमा सुजन थापा मगर, विना थापा मगर, टिका आलेमगर, राजु आलेमगर, शोभा आलेमगर, संगिता थापा मगर, वविता आले मगर, राजन थापामगर, सल्मा पुन मगर, सम्झना आले मगर, विष्णु आलेमगर, राजेन्द्र आलेमगर, राजकुमार आलेमगर, आभाष आलेमगर, सरु आलेमगर र सञ्जय बुढाथोकी मगर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

मगर संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र खुर्पेटो कुवेतको साथै युकेमा पनि प्रदर्शन छिट्टै हुने कुरा निर्देशक विकास मगर विश्वासले जानकारी दिनुभएको छ । त्यसैगरि नेपालका विभिन्न ठाउँहरुमा पनि प्रर्दशनीको लागि तिव्र तयारी भएको यस चलचित्रको टेलर केहि दिन भित्रमा सार्वजनिक हुने कुरा निर्माण स्रोतले जनाएको छ ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)