चर्चित लोकदोहोरी गायिका जुना श्रीसमगरको पञ्चेबाजाको गीत ‘दुई खोली दोभान’ सार्वजनिक !

रूद्र श्रीसमगर
पोखरा, २३ मंसिर

लगनको महिनाका रूपमा चिरपरिचित मंसिर महिनामा एक पछि अर्को गर्दै कलाकारहरूले आफ्ना पञ्चेबाजाको गीत सार्वजनिक गरिरहेका छन् । ठिक यही मेसोमा नेपाली लोकसंगीतमा चर्चा र लोकप्रियताको शिखरमा पुग्न सफल लोकदोहोरी गायिका जुना श्रीसमगरको नयाँ कोसेली पञ्चेबाजाको गीत ‘दुई खोली दोभान’ सार्वजनिक भएको छ । जुनाले अर्का चर्चित लोकदोहोरी गायक एवं मोडल मनसुधन थापामगरसँग मिलेर यो पञ्चेबाजाको गीत बजारमा ल्याएकी हुन् ।

दर्जनौं गीतहरूमा आफ्नो सुमधुर स्वर दिएर दर्शक, स्रोताको मन जित्न सफल लोकदोहोरी गायिका जुना श्रीसमगरले सो गीतमा शब्द सिर्जना गरेकी छन् । पृथक लय र शब्द सिर्जना रहेको सो गीतमा मनसुधन थापामगरले लय सिर्जना गरेका छन् भने बिलन थापामगरले एरेञ्ज गरेका हुन् ।

आफूलाई विगतका गीतहरूमा झैं यो गीतमा पनि सबैको साथ र सहयोग पाउनेमा आफू आशावादी रहेको गायिका जुनाले बताइन् । मनसुधन थापामगर र जुना श्रीसमगरको आवाज रहेको सो गीतको म्यूजिक भिडियोको निर्देशन मनोज गुरुङले गरेका छन् । म्यूजिक भिडियोको छायाड्ढनमा निरमाया रोधी घर युकेमा गरिएको हो ।

गीतको सफलताको लागि मगर मिडिया डट कम (www.magarmedia.com) को तर्फबाट धेरै धेरै शुभकामना ।

पञ्चेबाजा गीतको म्यूजिक भिडियो यस्तो छ:

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)