जयलक्ष्मी छन्त्याल पुनको नयाँ कोसेली “झ्याम्मै बस्यो साइली” बजारमा !

मगर मिडिया
मंगसिर २४, काठमाडौँ

जयलक्ष्मी छन्त्याल पुन अहिलेका चर्चित राष्ट्रिय लोकदोहोरी गायिकाहरू भन्दा कम प्रतिभावान छैनन् । सुमधुर स्वरकि धनि र प्रतिभावान व्यक्तित्व हुँदाहुदै पनि चर्चामा नआएकि पुन, पक्कै पनि मिडियाको नजरमा नपुगेकै हुनु पर्दछ | बाग्लुंग जिल्ला जसले थुप्रै ख्याती प्राप्त राष्ट्रिय लोक गायक गायिकाहरु जन्माएको छ, सोहि जिल्लाको धम्जा-१, ओखलेमा जन्म भै हाल काठमाडौँलाई आफ्नो कर्म थलो बनाई रहेकी पुनले आफ्नै प्रस्तुतिमा “झ्याम्मै बस्यो साइली” भन्ने फरक किसिमको सालैजो भाकाको गीत बजारमा ल्याएकी छिन | यस गीतलाई पुनले आफ्नै सुमधुर स्वरले सजाएकी छिन् भने उनलाई अर्का लोक गायक थानेश्वर गौतमले साथ् दिएका छन | थानेश्वर गौतम कै शब्द/संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई याम गुरुङले निर्देशन गरेका छन् भने हरिश महराले छायांकन गरेका छन् | साथै, मोडेल रिना मगर र याम गुरुङको गज्जबको नृत्य पनि यस गीतमा देखन सकिन्छ |

हुनत यो गीत भन्दा अगाडी पनि “बसन्त ऋतुमा” भन्ने सालैजो भाकाको गीतमा आफ्नो स्वर भरिसकेकी पुनले, त्यो गीतबाट तेती चर्चा पाउन नसके पनि यस गीत “झ्याम्मै बस्यो साइली” बाट निक्कै चर्चा पाउने साथै श्रोताहरु र दर्शकहरुबाट धेरै नै माया सपोर्ट पाउने र भबिस्यमा अरु गीतहरु पनि बजारमा ल्याउने विश्वास र प्रतिबद्दता ब्यक्त गरेकी छिन |

गीतको सफलताको लागि मगर मिडिया डट कम (www.magarmedia.com) को तर्फबाट धेरै धेरै शुभकामना ।

झ्याम्मै बस्यो साइली गीतको म्यूजिक भिडियो यस्तो छ:

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

2 thoughts on “जयलक्ष्मी छन्त्याल पुनको नयाँ कोसेली “झ्याम्मै बस्यो साइली” बजारमा !

  1. छन्त्याल आँफैमा एउटा बिशेष खालको ईतिहास बोकेको जाति हो । छन्त्याल जातिमा पुन, थापा भन्ने थर हुँदैन । आफ्नो परिचय दिंदा सही दिंदा जातिप्रती सम्मानभाव प्रकट हुन्छ । अझ नाम चलेका प्रतिभाहरुले यो बिषयमा संवेदनशील भएर सोच्नु पर्ने हो । कृपया छन्त्याल पुन होइन कि वास्तविक छन्त्यालको थर लेख्न र चिनाउनमा कन्जुस्याई नगरौं ।

  2. छ्न्त्याल पुन सित बिबाह भएपछि छन्त्याल पुन हुन्छ भन्ने कुरा बुझ्नु जरुरी छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)