जिवन जोया घटनाका कारण थुनामा रहेका द्धोय पत्रकार मगर र कामे मगर रिहा !

मंसिर २२, काठमाडौँ

साईवर क्राईमको आरोपमा पक्राउ परेका पत्रकार महेश राना र कामे मगर २१ गते मंगलबार धरौटीमा रिहा हुनुभएको छ । चितवनमा रहेको आदर्श गृहकी संचालक मिना खरेलको जाहेरीको आधारमा गत मंसिर १ गते द्धोय महेश राना र कामे मगरलाई चितवन प्रहरीले पक्राउ गरी साईवर क्राईमको मुद्धा चलाईएका थियो । आरोपित द्धोयको पक्षमा कानुनी सहयोग गरिरहनु भएका तथा उक्त जिवन जोया घटनाका छानविन समिती संयोजक अधिवक्ता रक्षा रैका मगरले आरोपित द्धोयलाई जनही ३० हजार धरौटीमा रिहा गरिएको जानकारी दिनुभयो । उहाँले अब घटना तथा लागाईएको आरेपको सत्य तथ्य छानविन गरी मुद्धा फैसला हुने पनी जानकारी दिनुभयो ।

राना र मगरले आदर्श गृहको नेतृत्वमा फिलिपिन्स फिर्ता पठाईएकी जिवन थापा मगरकी श्रीमती जोया र दुई बालकहरुलाई नेपाल फर्काउन पुर्ण रुपमा सहयोग गर्नुभएको थियो । कामे मगर जिवन मगरका मामा हुनुहुन्छ । कामे मगर जोया र उनकी दुई सन्तानलाई नेपाल फर्काउनको लागी जिवन संगै फिलिपिन्स समेत पुग्नुभएको थियो । नेपालबाट फिलिपिन्स गएकी जोयार उनका दुई सन्तान करिब छ महिना पछी नेपाल फर्किएका छन् ।
फिलिपिनो नागरिक जोया भिसा विना नेपालमा बसेको भन्दै कागजात नभएकोले जोया सहित जोया र जिवनका दुई सन्तानलाई आदर्श गृह र स्थानिय प्रशासनको सक्रियतामा फिलिपिन्स फर्काईएको सो घटना संचार माध्यम तथा समाजिक संजालहरुमा भाईरन नै बनेको थियो भने आदर्श नारी गृह र संचालक मीना खरेलले आलोचित हुनुपरेको थियो ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

One thought on “जिवन जोया घटनाका कारण थुनामा रहेका द्धोय पत्रकार मगर र कामे मगर रिहा !

  1. आदर्श नारी गृहकी मालिकनीको अन्याय विरुद्ध न्जयाय प्रेमी जनताले आक्रोश व्यक्त गरे। कामे र पत्रकार मगरद्वयले त वास्तविकता सोसियल मिडिया मार्फत बाहिर देखाइदिएको हो। केही निउ नपाएर CYBER CRIME मा फसाउन खोज्नु त्यसको बिचलित मनस्थितिद्वारा वकिलले फटाइ गर्नेबाटो पाएको छ, अन्तमा हार खानै पर्छ। मेरो शुभकामना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)