संरक्षक परिषद् र सल्लाहकार समिती गठन, एकिकृत मगरातको लागि लड्ने प्रतिवद्धता (फोटोफिचर सहित) !

श्याम राना मगर
मगर मिडिया, मंसिर १४, काठमाण्डौ

नेपाल मगर संघ केन्द्रिय समितिको संरक्षक परिषद् र सल्लाहकार समिति गठन भएको छ । साथै, केन्द्रिय समितिमा थप केन्द्रिय सदस्यहरु मनोनित गरिएको छ । हिजो मिति २०७३ मंगसिर १३ गते सोमबार प्रज्ञा भवन कमलादी, काठमाण्डौमा नेपाल मगर संघ केन्द्रिय समितिले हार्दिक बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेर उक्त घोषणा गरेको हो । मगर समुदायका विभिन्न क्षेत्रमा रहेर काम गरेका विशिष्ट १३ जना व्यक्तिहरुलाई केन्द्रिय समितीको संरक्षक परिषद् तथा महेन्द्र थापा मगरको संयोजकत्वमा ५० जनालाई सल्लाहकार समिति र विभिन्न क्षेत्रबाट थप १० जनालाई केन्द्रिय सदस्यमा मनोेनित गरेर सम्मान, बधाई तथा शुभकामना दिएको होे ।
nma-badhai-honor-2073-mangsir-13-02
साथै संघले नवनिर्वाचित नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय समिति, बाह्रौ सागमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल उसु खेलाडी निमा घर्ती मगर र राष्ट्रिय विमा संस्थानका निर्देशक सुरेन्द्र थापा मगरलाई समेत सम्मान गरेको छ ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले मगर समुदायको वर्तमान राजनितिक अवस्था र मगर समुदायको हकअधिकारको बारेमा एक भएर लाग्नुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा बोल्दै पुर्व अर्थमन्त्री नेकपा माओवादी केन्द्रका नेता कार्यक्रमका प्रमुख अतिथि बर्षमान पुन मगरले अहिले केहि पनि उपलब्धी भएका छैनन र सवै भएको छ भन्ने दुवै अतिवादी सोचबाट मुक्त भएर हासिल भएका उपलब्धीलाई संस्थागत गर्दै अपुग अधिकारको लागि सघर्षको खाँचो रहेको कुरा औल्याउनु भएको थियो । मगर लगायत आम विभेद तथा उत्पिडनमा परेकालाई अधिकार सम्पन्न गराउन राज्यको संरचनागत विभेदको अन्त्य गरिनुपर्ने र अहिले एकिकृत मगरातको बारेमा विभिन्न बाहानामा यसलाई विभाजन गरिएको छ । सुगमता, निकटता भन्ने कुरा मान्छेले पछि विकास गर्ने कुरा हो, पहिचान, अधिकार र संरचना पहिलो कुरा भएकोले यसको स्थापनाको लागि लाग्न जरुरी रहेको बताउदैँ जसको लागि मगर नेतृत्व देखि सिंगो नेपाली राजनितिले अव एकचोटी तल्लो तहमा पुगेर चिन्ता गर्नुपर्ने बेला आएको बताउनु भएको थियो ।
nma-badhai-honor-2073-mangsir-13-03
त्यसैगरि पुर्व मन्त्री बालाराम घर्ती मगरले अब आफ्नो इतिहास आफैले लेख्नुपर्छ । यतिबेला मगरहरुको पुराना र नयाँ इतिहास कोर्नुपर्ने भन्दै यसमा लाग्नको लागि अब काम अनि कलम पनि चलाउनुपर्ने बेला भएको उल्लेख गर्नु भएको थियो । उहाँले भाषा, कलासंस्कृतिको संरक्षण र विकासमा लाग्नुपर्ने कुरालाई समेत जोड दिनुभएको थियो ।

अर्का वक्ता पुर्व मन्त्री एमएस थापा मगरले आफ्ना सहकर्मी नेता गोरेबहादुर खपाङ्गीलाई गहिरो स्मरण गर्दै मगर समुदायको राजनितिक अधिकार सुनिश्चिताका लागि लड्दै मगर समुदायको बारेमा इतिहास तथा यसको विकासको बारेमा अध्ययन अनुसन्धानको तट्कारो आवश्यकता रहेको भन्दै यसमा लाग्न विशेष गरेर युवाहरुलाई आग्रह समेत गर्नुभएको थियो ।

यसरी नै सल्लाहकार बमकुमारी बुढामगरले मगर समुदायका हरेक तह र तप्कामा रहेका सवैले एक स्वर र एक भएर हाम्रा हकअधिकार प्राप्तीका लागि लाग्न आग्रह गर्दै मगर समुदायले परिवर्तित समयमा आफुलाई पनि त्यहि गतिमा लाग्नको लागि सधै तत्पर र इमान्दार भएर लाग्न समेत शुभकामना दिनुभएको थियो ।
nma-badhai-honor-2073-mangsir-13-04
त्यसैगरि संघका निर्वतमान अध्यक्ष महेन्द्र थापा मगरले एकिकृत मगरातको पक्षमा एक भएर आवाज उठाउन आग्रह गर्नुभयो भने अर्का वक्ता हर्क बहादुर पुन मगरले पुन कुनै छुट्टै जात नभई मगर नै भएकोले मगरलाई विभिन्न बाहानामा टुक्राउन खोज्ने चलखेल भएकोमा यसमा सचेत तथा एक भई मगर समुदायको हकअधिकार र विकासमा लाग्नुपर्ने कुरा बताउनु भएको थियो ।

नेपाल मगर संघका केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका सभापति नविन रोकामगरले मगरात स्वायक्त प्रदेश, पहिचान र अधिकार सहितको संघीय गणतन्त्र नयाँ नेपालका लागि एक भएर लड्ने प्रतिवद्धता सहित संरक्षक परिषद् र सल्लाहकार समितिलाई समेत सक्रिय बनाउने कुरा बताउनु भएको थियो ।

मगर समुदायका विभिन्न विशिष्ट व्यक्तिहरु सहितको बाक्लो उपस्थिति सँगै भव्यरुपमा सम्पन्न भएको कार्यक्रममा सञ्चालन महासचिव ज्ञानेन्द्र पुन मगरले गर्नुभएको थियो भने उपाध्यक्ष गंगा खासु मगरले स्वागत मन्तव्य र नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय समितिको स्वागत गीतबाट उपस्थित सवैलाई स्वागत गरिएको थियो ।
nma-badhai-honor-2073-mangsir-13-05
nma-badhai-honor-2073-mangsir-13-51
nma-badhai-honor-2073-mangsir-13-50
nma-badhai-honor-2073-mangsir-13-49
nma-badhai-honor-2073-mangsir-13-48
nma-badhai-honor-2073-mangsir-13-47
nma-badhai-honor-2073-mangsir-13-46
nma-badhai-honor-2073-mangsir-13-45
nma-badhai-honor-2073-mangsir-13-44
nma-badhai-honor-2073-mangsir-13-43
nma-badhai-honor-2073-mangsir-13-42
nma-badhai-honor-2073-mangsir-13-41
nma-badhai-honor-2073-mangsir-13-40
nma-badhai-honor-2073-mangsir-13-39
nma-badhai-honor-2073-mangsir-13-38
nma-badhai-honor-2073-mangsir-13-37
nma-badhai-honor-2073-mangsir-13-36
nma-badhai-honor-2073-mangsir-13-35
nma-badhai-honor-2073-mangsir-13-34
nma-badhai-honor-2073-mangsir-13-33
nma-badhai-honor-2073-mangsir-13-32
nma-badhai-honor-2073-mangsir-13-31
nma-badhai-honor-2073-mangsir-13-30
nma-badhai-honor-2073-mangsir-13-29
nma-badhai-honor-2073-mangsir-13-28
nma-badhai-honor-2073-mangsir-13-27
nma-badhai-honor-2073-mangsir-13-26
nma-badhai-honor-2073-mangsir-13-25
nma-badhai-honor-2073-mangsir-13-24
nma-badhai-honor-2073-mangsir-13-23
nma-badhai-honor-2073-mangsir-13-22
nma-badhai-honor-2073-mangsir-13-21
nma-badhai-honor-2073-mangsir-13-20
nma-badhai-honor-2073-mangsir-13-19
nma-badhai-honor-2073-mangsir-13-18
nma-badhai-honor-2073-mangsir-13-17
nma-badhai-honor-2073-mangsir-13-16
nma-badhai-honor-2073-mangsir-13-15
nma-badhai-honor-2073-mangsir-13-14
nma-badhai-honor-2073-mangsir-13-13
nma-badhai-honor-2073-mangsir-13-12
nma-badhai-honor-2073-mangsir-13-11
nma-badhai-honor-2073-mangsir-13-10
nma-badhai-honor-2073-mangsir-13-09
nma-badhai-honor-2073-mangsir-13-08
nma-badhai-honor-2073-mangsir-13-07
nma-badhai-honor-2073-mangsir-13-06

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)