माघे संक्रान्तिमा सुमनको ‘पाहुर ‘!

श्याम राना मगर, मगर मिडिया
मंसिर ९, काठमाण्डौ

ड्रिम्स स्टुडियो प्रा.ली.को व्यावनरमा बन्न लागेको मगर कथानक चलचित्र पाहुर अब बजारमा छिट्टै आउने भएको छ ।
img_0836-jpg1

सुमन थापा मगरको निर्माण तथा निर्देशनमा बनेको चलचित्र पाहुरको छाँयांकन अधिकांश पाल्पा र स्याङ्जाको रमणिय र ऐतिहासिक ठाउँमा भएको निर्माण स्रोतले जनाएको छ । यतिवेला चलचित्रको छायाँङ्कन सकि सम्पादन कार्य अन्तिम अवस्थामा पुगेको छ ।

चलचित्रको कथा तथा सम्पादन सुमन थापा मगरको नै रहेको छ भने कथालाई संवाद तथा पटकथामा डम्बर सोमै मगर, बाबुराम घिमिरे र श्याम राना मगरले गरेका हुन् ।

img_1946

गणेश पुर्वछाने मगरको छाँयाङ्कन रहेको चलचित्रमा गीत तथा संगीत मान बहादुर बराल मगर र नृत्य भुपेन्द्र रिखाम मगर र सुवास बलालमगरको रहेको छ ।

चलचित्रमा मिनुज रानामगर, निश्चल चर्तीमगर, गिरी प्रसाद पुन मगर (लाहुरेदाई) सुमन बुढामगर, सरिता आले मगर, हेमु मिदुन मगर, टिका आले मगर, विष्णु श्रेष्ठ, धनि आले मगर, श्याम राना मगर, महेन्द्र दर्लामी मगर, सिमा थापा मगर, विना थापा मगर, रिजन कुँवर मगर, दुरेन्द्र आले मगर, हुम कुँवर मगर लगायत कलाकारहरुको अभिनय देख्न सकिनेछ ।

प्रेमकथामा आधारित चलचित्रले मगर संस्कृतिलाई कलात्मक रुपले उठान गरेको हुदाँ पाहुर एक पल्ट सवै आम नेपाली दर्शकले हेरिदिने विश्वास चलचित्र निर्र्माता तथा निर्देशक सुमन थापा मगरले गर्नुभएको छ । माघेसक्रान्तीको अवसर पारि प्रर्दशनको लक्ष्य राखेर चलचित्रको अन्तिम चरणको काम भईरहेको कुरा पनि थापाले जनाउनु भएको छ ।

img_1982

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)