प्रथम सहिद क्यां. लखन थापा मगरको हुलाक टिकट प्रयोगमा !

मसिंर २, काडमाडौं

नेपाल सरकारले नेपाको प्रथम शहिद लखन थापा मगरको फोटो सहितको हुलाक टिकट प्रकाशन गरीे मंसिर १ गतेदेखी प्रयोगमा ल्याएको छ । यसअघी २०७२ असोज ३ मा संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएकै दिन लखन थापालाई ‘प्रथम सहिद’को घोषण गरी सम्मान दिईएको थियो । राज्यले सहिद लखन थापाको योगदानलाई मुल्यांकन गर्दै १ सय ४० वर्ष पछि हुलाक टिकट प्रकाशन गरी प्रयोगमा ल्याएको हो ।

नागरिक स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताको पक्षमा आवाज उठाएकै कारण १९३३ सालमा गोरखाका गोरखा स्थित बुंकोटको विद्रोही किल्ला परिसरमै झुन्डाएर मृत्युडण्ड दिईएको थियो । सहिद लखन थापा सम्पूर्ण नेपालीको आत्मसम्मान बढाउने राष्ट्रका धरोहर, महान गौरव र साझा सम्पत्तिको रुपमा लिईन्छ ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)