नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को प्रेस विज्ञप्ति !

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय कार्यालय अनामनगर, काठमाडौं
४ मंसिर २०७३

प्रेस विज्ञप्ति

चितवनका जीवन थापा र जोयाका विषयमा समाचार लेखेको आरोपमा सोलुखुम्बु अनलाइनका सञ्चालक तथा सम्पादक महेश रानामगरलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सम्पादक रानामगरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको जानकारी प्राप्त भएको छ । यो घटना अन्यन्त निन्दनीय छ । हामी घोर आपत्ति जनाउँछौं । समाचार लेखेको विषयमा कुनै पनि चित्त नबुझे कानुनी उपचार खोज्न पाउने संवैधानिक हक हुँदाहुँदै एउटा कलमजिवी पत्रकारलाई हत्कडी लगाएर थुनामा राख्ने काम कदापी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हुन सक्दैन । अतः सम्पादक रानामगरको तत्काल रिहाई गर्न र दोषीमाथि थप कारवाही गर्न हामी जोडदार माग गर्दछौं ।

डण्ड गुरुङ अध्यक्ष, फोनिज

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)