मगर समाज सेवा केन्द्र ललितपुरले देउसी भैलोमा ६ लाख बेसी रुपैया उठाउन सफल (भिडियो सहित) !

सञ्जय सिंजाली मगर
ललितपुर, कार्तीक २०

मगर समाज सेवा केन्द्र ललितपुरले देउसी भैलो कार्यक्रममा करिब सवा ६ लाख रुपैया उठाउन सफल भएकोछ ।
समितिले देउसी भैलोको समिक्षा तथा कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रममा उक्त कुरा सार्बजनिक गरेको थियो । कलाकारहरुलाई प्रशिक्षर्ण लगायत बिबिध कार्यमा करिब २ लाख ३५ हजार खर्च भएको संघका कोषाध्यक्ष भिम श्रीस मगरले समाजलाई जानकारी दिनु भयो । देउसी भैलोमा उठेको रकम मध्य बाट संघले चारवटा सिर्शकमा अक्षयकोषको स्थापना गरेको छ ।
क) गरिब तथा जेहेन्दार मगर बिध्यार्थी अक्ष्यकोषलाई रु.२० हजार,
ख) मगर बिध्यार्थीको लागी लोकसेवा लगाएत बिभिन्न अभिमुखीकरण तालिमको लागी रु.३० हजार,
ग) दैबी प्रकोप कोष स्थापनाको लागी रु.२० हजार र
घ) मगर पुस्तकालय एबं मिनी मगर संग्राहलयको लागी रु ३० हजार रहेको संघका अध्यक्ष एबं कार्यक्रमका प्रमुख संयोजक ले.मान बहादुर बुडा मगरले समाजलाई जानकारी गराउनु भयो ।

देउसी भैलो कार्यक्रममा भाग लिने समितिका सबै सदस्यहरु बाट यस पटकको देउसीभैलोमा कलाकारहरुले खेलेको भूमिका अति उत्कृष्ट रहेको भन्दै सबैले प्रसन्शा गर्नु भएको थियो । समिक्षा बैठकमा समितिका सल्लाहकार मेजर सुर्य बहादुर थापा मगरले मगरको सोरठीलाई प्राथमिकताका साथ यस पटक प्रर्दशन गरिएकोमा खुसी प्रकट गर्दै समिति साथै कलाकारलाई बिषेस धन्यबाद दिदै बैठकहलमै थप पांच हजार रुपैया प्रदान गर्नु भयो ।

उपराष्ट्रपति नन्द बहादुर पुन मगर, सभा मुख ओनसरी घर्ती मगर र पूर्ब अर्थमन्त्री बर्षमान पुन मगरले मगरको मौलीक सोठी, कौराह र घांटु नांच जस्ता हेर्न पाएकोमा औधी खुसी ब्यक्त गर्दै कलाकारहरुको उच्च मुल्यांकन र खुलेरै प्रसन्शा गर्नु भएको बैठकमा सहभागी समितिका सल्लाहकार एबं निबर्तमान अध्यक्ष मिन बहादुर बलाल मगर, बरिस्ठ उपाध्यक्ष श्री प्रशाद बुढाथोकी मगर र उपाध्यक्ष तुल बहादुर बुढाथोकी मगरले बताउनु भएको थियो ।

ले.मानबहादुर बुडा मगरको अध्यक्षतामा महासचिब चित्र बहादुर पुन मगरले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । अतिथिहरुमा संघका सल्लाहकारहरु कर्णेल बोद्ध बिक्रम थापा मगर,मेजर सुर्य बहादुर थापा मगर,मिन बहादुर बलाल मगर र रुपना राना मगर हुनुहुन्थ्यो ।

अन्य अतिथिहरुमा मगर संघ हंगकंगका पूर्ब महासचिब तथा उहांका धर्मपत्नी मधु राना मगर,बरिष्ठ गायीका कबिता आले मगर, कुन्ता थापा मगर,निर बहादुर थापा मगर,सुनिता राना मगर र नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका अध्यक्ष हुमबहादुर पचभैया थापा मगर थिए ।

सम्मान तथा बिदाई
मगर संघ हंगकंगका पूर्ब महासचिब तथा उहांका धर्मपत्नी मधु राना मगरलाई समाजका अध्यक्ष मान बहादुर बुडा मगरले खादा लगाई दिएर बिषेस सम्मान गर्नु भयो । संघको कार्यसमितिमा रहेर सकृय भूमिका निभाउदै आउनु भएका सुनीता राना मगर घरायसी काम बिषेशले लामो समयकोलागी बु्रनाई जानु हुने भएकोले संघका अध्यक्षले बिदाई गर्नु भयो ।
मगर समाज सेवा केन्द्र ललीतपुरले दिपावलीको अवसरमा देउसी भैलो बार्यक्रममा भाग लिने कलाकारहरुलाई खादा र प्रशंसापत्रले सम्मान समेत गरेको छ ।
संघका सचिब पूर्ण बहादुर राना मगरले देउसी भैलो कार्यक्र सफल पार्न सांस्कृतिक कार्यक्रमको मुख्य भूमिका निभाउनु हुने प्रमुख प्रशिक्षक, प्रशिक्षक ,संयोजक सह संयोजक लगायत कलाकारहरुलाई प्रशंसापत्र बनाउने जिम्मा लिनु भएको थियो ।
magar-samaj-sewa-kendra-lalitpur-002
कार्यक्रमको अन्त्यमा कक्टेल नृत्यले उपस्थित कलाकार,अतिथिहरुलाई मनोरञ्जन दिलाएको थियो ।

कार्यक्रमको भिडियोहरु:

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)