हराउंदै मगर सस्कृती – मगर जातीको पहिचान झल्काउने लोकप्रिय मारुनी नाच !

मगर मिडिया डट कम

मगर जातीमा प्रचलित नाच हो मारुनी नाच । तर हिजो आज मारुनी नाच लोप हुदैछ । त्यसैले मगर जातीको पहिचान झल्काउने लोकप्रिय मारुनी नाच बचाऔ अभियानमा जुटेका छन् बहादुरपुर गाविसमा स्थानीय बासिन्दाहरु । पुर्खौ देखि प्रचलनमा रहेको मारुनी नाच पछिल्लो समयमा हराउदै गएपछि संरक्षण र प्रबद्धनमा जुटेको स्थानियको भनाई छ । विवाह, पुजा, चाड पर्वमा तिथि, मिति मिलाएर मारुनी नाच्छन् । जन्म , नौरान, भात खुलाईका दिनमा समेत खुसियाली मनाउन यहाका मगर हरु मारुनी नाच्ने गरेका छन् । युवाहरु साडी, पोते, फरिया, पटुकी, पाउजुमा सिगारपटार गरि नाच्ने गर्दछन् । दशैको पूर्णिमा, तिहार, हरिबोधनी, एकादशी, मंसिर पूर्णिमा, पुजा लगायत विभिन्न धार्मिक तथा सामाजिक कार्यमा मारुनी नाच नाच्ने गरेको मारुनी नाचका रौरा धन बहादुर झेडीको भनाई छ । अर्का रौरा मान बहादुर रानाले मगर संस्कृतिमा आधारित मारुनी बचाउन युवाहरुको साथ लिएको बताउनु भयो । स्थानीय दिल बहादुर ढेङ्गाले मारुनी नाच झन्जटिलो र खर्चिलो भएपनि मगरी पहिचान हराउन दिनु हुदैन भन्दै संरक्षणमा जुटेको जानकारी दिनुभयो ।

पस्तुत छ, पुर्बी पाल्पाको बहादुर गाबिस बासीहरुले संयुक्त रुपमा प्रस्तुत गरेको यो मारुनी नाच……

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)