NRNA इजरायल द्दारा आयोजित दशैं मैत्रीपुर्ण खेलमा मगर संघ इजरायलको महिला र पुरुष दुवै टिमलाई प्रथम पुरस्कार !

बिष्णु पुन मगर
तेलअभिव, इजरायल

NRNA इजरायल द्दारा अक्टोबर १४-१५ तारीख़ शुक्रवार र शनिवार तेलअभिव स्थित लेविन्स्की पार्कमा आयोजित दशैं मैत्रीपुर्ण खेलहरु सौहार्द र मैत्रीपुर्ण वातावरणमा सम्पन्न भएको छ | खेलहरुमा फुटबल, भलिबल (महिला/पुरुष) हांडी फुटाउने, म्यूज़िकल चियर, सियो धागो, दौड़ प्रतियोगिता रहेको थियो भने जसमध्यमा सियो धागों र दौड प्रतियोगिता चाही समय र दौडनको लागी पर्याप्त ठाँऊको अभावको कारणले खेलाउन नसकेको, आयोजकको तर्फबाट NRNA इजरायलका कोसाध्यक्ष एबं मगर संघ इजरायलका संरक्षक श्री तारा काउछा मगरले बताउनु भयो |
magar-sangh-israel-sports-002
पुरुष तर्फको भलिवलमा मगर संघ प्रथम र मिलिजुली टिम दोस्रो स्थानमा भएको थियो | ४ वटा टिम प्रतिस्पर्धामा रहेको खेलमा आयोजक टिम पनि प्रतियोगीको रुपमा रहेको थियो | मिलिजुली टिमले आयोजक एन आर एन टिमलाई हराउदै सेमी बाट फाईनलमा पुगेको थियो भने अर्को तर्फ नागरीक समाजलाई मगर संघ इजरायलले हराऊदै फाईनलमा पुगेका थिए | फाइनल खेल मगर संघ इजरायल र मिलिजुली टिमको निक्कै नै प्रतिस्प्रधात्मक रुपमा रहदै अन्तत मगर संघ इजरायलले प्रथम स्थान हासिल गर्न सफल भएको थियो |

त्यस्तै, महिला तर्फको भलिवलमा पनि मगर संघ इजरायल नै बिजयी भएको थियो | कायापलट भलिवल महिला टिम र मगर संघ महिला यी दुबै टिम बिचको खेलमा मगर संघ इजरायल महिला टिमले बिजय हासिल गरेका थिए | मगर संघ, शेर्पा संघ, KYC, झापाली समाज, एन आर एन ए इजरायल, कायापलट प्रतियोगी गरि जम्मा ६ वटा फुटबल टिमले भाग लिएका थिए | साथै, अन्य खेलहरु जस्तै हांडी फुताउने खेलमा अनु श्रेष्ठ र हेम राज उप्रेती बिजय भएका थिए भने म्युजिक चियरमा प्रथम पासाङ फुर्ति सेर्पा, दोस्रो अनु श्रेष्ठ तेस्रो शारदा सितौला भएका थिए भने फुटबलमा कायापलत प्रथम झापाली समाज दोस्रो भएको थियो |
magar-sangh-israel-sports-003
कार्यक्रमको अन्तमा, NRNA इजरायलद्दारा, टिम म्यानेजर देखी कोच र खेलाडीहरु बिचको सुमधुर सम्बन्धको उदाहरण बनेका गोलकीपर, कोच र म्यान अफ ड म्याचलाई सम्मान पनि गरेको थियो | जसमा, मगर संघ इजरायलका खेलाडी बिजय पुनमगरलाई म्यान अफ द म्याच घोषणा गरि सम्मान गरिएको थियो | साथै, बिजयीहरुलाई नेपाली राजदुतावास इजरायलका कार्यबाहक महामहिम राजदुत रामेश्वर पौडेल र एन आर एन इजरायलका अध्क्ष्य दिपक वली द्दारा नगद, मेडल, ट्रफी र प्रमाण पत्र बितरण गरेका थिए |
magar-sangh-israel-sports-004
magar-sangh-israel-sports-005
magar-sangh-israel-sports-006

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

One thought on “NRNA इजरायल द्दारा आयोजित दशैं मैत्रीपुर्ण खेलमा मगर संघ इजरायलको महिला र पुरुष दुवै टिमलाई प्रथम पुरस्कार !

  1. Great job and we all proud to be Magar.many many congratulation to both of you male/Female Magar Asso of Israel.well done and we hope will be winner again next year.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)