स्व. गोरे बहादुर खपाङ्गीको “खपाङ्गीको विचारधारा” नामक पुस्तक विमोचित (फोटो फिचर सहित) !

यमुना रानामगर
मगर मिडिया, काठमाडौँ

स्वर्गिय गोरे बहादुर खपाङ्गीको “खपाङ्गीको विचारधारा” नामक पुस्तक आज मिति २०७३ साल आश्विन २८ गते शुक्रबार खपाङ्गी ज्यू कै ४९औँ दिनको पुण्य तिथिको अवसरमा आयोजित श्रद्धान्जली सभाका विच विमोचन गरिएको छ । स्व. खपाङ्गिीले राष्ट्रिय जनमुक्ती पार्टीको चौथो राष्ट्रिय महाधिवेशनका लागी तत्कालिन केन्द्रिय समितिमा पेश गरिएको खपाङ्गीको विचारधारा नै सो पुस्तक रुपमा प्रकाशन गरिएको छ । स्व. खपाङ्गीको निधन भएको ४९ औँ दिनको पुण्य तिथिको अबसरमा आयोजना गरिएको श्रदाञ्जली सभामा पुस्तकको विमोेचन संघिय समाजवादी पार्टीका अध्यक्ष तथा मन्त्री अशोक कुमार राईले गर्नु भएको हो ।
img_0053
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री राईले स्व.खपाङ्गी स्पष्ट वोली, भाषा, मिलनसार व्यवहार, उच्च बौद्धिक ज्ञान, शरल जिवन शैली र प्रभावशाली वक्तृत्वकला भएका कारण उँहा सबैको प्रिय बन्न सफल भएको भन्दै उहाँका विरोधीहरु पनी उहाँको भाषण सुन्न लालायित हुन्थे भन्नु भयो । दँशैमा टिका लगाएका कारण आलालेचित हुनुपरे पनी अफुबाटा उहाँप्रतीको सम्मान र श्रद्धामा कमी नआएको भन्दै उहाँका विचारधारा सदैव अमर रहने छ भन्नु भयो । त्यस्तै श्रदाञ्जली सभामा नेपाल आादिवासी जनजाती महासंघका संस्थपक महासचिव शुरेस आले मगर, पुर्व मन्त्री तथा नँया शक्ती अभियन्ता डा. केशवमान शाक्य, नेपाल मगर संघका अध्यक्ष नविन रोका मगर, तामाङ मातृ माषाका भाषाविद अमृत कुमार योन्जन लगायतले मन्तव्य राख्दै स्व. खपाङ्गीको जिवनी उहाँको राजनितिक जिवन, उहाँले जनजाती तथा सिंगो देशलाई पुराएको योगदान तथा उहाँको व्यक्तित्व माथी प्रकाश पार्नु भएको यियो । साथै गोरे बहादुर खपाङ्गी फाउन्डेशनको स्थापाना महत्वपुर्ण र ऐतिहासिक भएको भन्दै उहाँका सबै अन्तरवार्ता,भाषणलाई संकलन गरी मार्गदर्शन को रुपमा राख्नु पर्नेमा जोड दिईएको थियो ।
img_8746
गोरे बहादुर खपाङ्गी फाउन्डेशनले आयोजना गरेको श्रद्धाञ्जली सभामा स्व गोरे बहादुर खपाङ्गी की धर्मपत्नी विद्या राना खपाङ्गी विशेष अतिथीको रुपमा उपस्थिति रहेको थियो भने जनजाती नेता तथा जनाजाती अगुवाहरु त्था जनजातीहरुको उपस्थिती रहेको थियो । श्रदाञ्जली सभाका सभापतीत्व गर्नुभएका राज्यसत्ता डटकमका प्रबन्धक तथा गोरे बहादुर खपाङ्गी फाउन्डेशनका संयोजक हुम थापा मगरले नेता खपाङ्गीको अदर्श, सिद्धान्त र विचारलाई जनताको मन मस्तिष्कमा वीवन्त वनाउने दुरगामी सोँचका साथ फाउन्डेशनको स्थापना गरेको भन्दै सबैको सल्लाह सुझावलाई आत्मसाथ गर्दै फाउन्डेशनलाई अगाडी बढाउने भन्दै यसको लागी सबैको साथ र सहयोगको जरुरी रहेको बताउनु भयो ।
img_8757
img_8764
img_8769
img_8781
img_8785
img_8795
img_8798
img_8800
img_8803
img_8807
img_8808
img_8813
img_8890
img_8889
(फोटो श्रोत: हुम थापामगर)

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)