मगर्स क्रियसनले बजारमा ल्याएको दशैं-तिहारको गित “परदेशी” यसपाली नम्बर एकमा पर्न सफल !

यमुना रानामगर
मगर मिडिया, आश्विन २१, काठमाडौँ

सुपरहिट दँशै तिहार गित “परदेशी” (PRBT 60460773) यस वर्षको दँशै तिहारका गितहरु मध्य नम्बर १ मा पर्न सफल भएको छ । मगर्स क्रियसन म्युजिक प्रोडक्सन हाउसको प्रस्तुती “परदेशी” म्युजिक नेपालको युट्युव च्यानलको भ्युजका आधारमा गित नम्वर १ मा पर्न सफल भएको हो । म्युजिक नेपाल युट्युव अफिसियल च्यानलका अनुसार गित अपलोड गरेको ३ हप्ता मै ३ लाख २७ हजार भन्दा बढीले उक्त गीत हेरिसकेका छन् भने १ दिनमा करिब १५ हजार भन्दा बढीले उक्त म्युजिक भिडियो हेर्ने गरेको मगर्स क्रियसनका सिईओ आशीर्वाद पुनमगरले जानकारी दिनुभयो ।

“दँशै तिहार मान्नलाई आउ प्यारा, मेरो भन्नु तिमि नै छौ प्यारा, एक दिन त हाम्रो नी खुसी हुने दिन आउला नी, आफ्नै गाँउमा फर्की आउ ए मेरो परदेशी बरु कुटो कोदाली गरी खाँउला नी” जस्ता मर्मस्पर्शी शब्दले सजिएको यो गितको म्युजिक भिडियोमा चर्चित निर्देशक कपिल लामाले निर्देशन गर्नु भएको छ भने चर्चित लोक गायिका बिष्णु माझी र गायक रिषी खड्काको सुमधुर स्वर भरिएको छ । साथै, यो गितको रचना गणेश अधिकारीको रहेको छ भने म्युजिक भिडियोमा कलाकारहरु आशिष घर्ती, सारिका केसी र मिना पाईजा मगरले अभिनय गर्नुभएको छ ।

मगर्स क्रियसनको म्युजिक प्रोडक्सन हाउसले अहिले सम्म थुप्रै मौलिक, लोक, दोहोरि तथा आधुनिक गीतहरु बजारमा ल्याएको छ भने अझै थुप्रै गीतहरु, सामाजिक जनचेतना सम्बन्धि छोटो फिल्महरु (Short Film), तथा फिचर फिल्महरु प्रोडक्सन लाइनमा रहेको कुरा मगर्स क्रियसन म्युजिक प्रोडक्सनका संगीत व्यवस्थापक आशिष घर्तीले बताउनु भएको छ ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)