कतारमा मातृभाषा प्रशिक्षण कार्यक्रम सम्पन्न !

बिजय कुमार मगर
दोहा कतार, २६ सेप्टेम्बर

नेपाल मगर संघ, शाखाले भाषा, लिपि, साहित्य अध्ययन तथा अनुसन्धान विभागका उपसंयोजक अभिमत पुन मगरको संयोजकत्वमा दोहाको नज्मा स्थित अमवज रेस्टुरेण्टको सभाकक्षमा संघले भिम तरामु मगरको प्रमुख अतिथ्यमा तेस्रौ मातृ भाषा तथा लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रवासमा रहेर पनि लोप हुन लागेको आफ्नो मातृभाषा तथा लिपिको संघले समय-समयमा प्रशिक्षण गराउँदै आईरहेको छ प्रशिक्षणको उद्धेश्य र महत्त्वको बारेमा संघका कोषाध्यक्ष केशव राना मगरले सहभागी सबैलाई स्वागत गरेका थिए ।
उपसंयोजक अभिमत पुन मगरले खाम भाषाको वारेमा प्रशिक्षण दिँदै विविध विषयमा जानकारी गराएका थिए ।
nma-qatar-magar-language-class-002
प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै भने, वास्तवमा पुर्व मेची देखि पश्चिम महाकाली सम्म यत्रतत्र छरिएर रहेता पनि हामी आदिमकाल देखि हाम्रा पुर्खाले प्रयोगमा ल्याएका मातृभाषा मगर (ढुट) र मगर खाम (पाङ) भाषा क्षेत्रगत अनुसार फरक-फरक सभ्यताले विकसित रहेता पनि मगरहरुको अख्खा लिपि एउटै भएको प्रशिक्षार्थीहरूलाई प्रशिक्षण गराउँदै मगर ढुटका प्रशिक्षक समेत रहेका प्रमुख अतिथि तरामु मगरले जानकारी गराएका थिए ।

ब्यानरलाई संघका सचिव रबिन थापा मगरले सह्योग गरेका थिए । नेपाल प्रवासी आदिवासीजनजाति महासंघका द्धितिय उपाध्यक्ष समेत रहेका संघका द्धितिय उपाध्यक्ष लिलम्बर चिदी मगरले प्रशिक्षणमा आवश्यक पर्ने स्टेशनरीका जिन्सी सामाग्रीहरू हरेक पटक हुने प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीका लागि उपलब्ध गराउँदै आईरहेका छन् | विभिन्न एरिया समितिका पदाघिकारी लगायत अन्य प्रशिक्षार्थीहरूले उल्लेखनीय सहभागिता जनाएका उक्त मातृभाषा तथा लिपि प्रशिक्षणमा संघका अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रम महासचिव बिजय कुमार मगरको संचालनमा संपन्न गरेको छ ।
nma-qatar-magar-language-class-003

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

One thought on “कतारमा मातृभाषा प्रशिक्षण कार्यक्रम सम्पन्न !

  1. नेपाल मगर संघ शाखा कतारले समस्त मगर दाजुभाइ तथा दिदिबहिनीहरुको हितमा निश्चित रुपले मातृभाषा तथा लिपि प्रशिक्षण कार्यक्रम गर्दै आइरहेको छ यो अत्यन्तै गर्वको कुरा हो म दिल खोलेर स्वागत गर्दछु ,यो शिलशिला अझै प्रभावकारी ढंगले अगाडि बढोस ।आफ्नो मातृभाषा सवैले जान्ने बुझ्ने र सिक्नुपर्ने अनिवार्य छ। कतिपय हाम्रा विद्वानहरु हुनुहुन्छ तर आफ्नो भाषा जान्दैन तर अरुको भाषा गर्वका साथ प्रयोग गरेको पाइन्छ ,तर आफ्नै मातृभाषालाई वास्ता गर्दैन।त्यसकारण यदि हामी अगाडि बढ्न चहान्छौं भने हाम्रो भाषा सस्कृतिलाई पनि जगेर्ना गर्न सिकौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)