मिस मंगोल नेपाल २०१६ मा मगर समुदायबाट सविता, योजना, खुशी, रेनुका र कोपिलाले प्रतिनिधित्व गर्दै !

श्याम रानामगर, मगर मिडिया
आश्विन ६, काठमाडौँ

पछिल्लो समय नेपालमा विभिन्न विद्यामा मिस प्रतियोगीताहरु एक पछि अर्को गर्दै मौलाइरहेको छ । जसमध्येको प्रतिष्ठित प्रतिस्पर्धा मिस मंगोल पनि एक हो । मंगोल समुदायभित्रबाट प्रतिस्पर्धा गर्न पाउने यस प्रतिस्पर्धाले आफुलाई एक उत्कृष्ट प्रतिस्पर्धाको रुपमा आफुलाई उभ्याउन सफल हुदैँ गएको छ । एक्सन इन्टरटेनमेन्टको आयोजनामा भइरहेको पछिल्लो संस्करण मिस मंगोल २०१६ को लागि प्रतियोगी सहभागीहरुको छनौट गरि सहभागीहरुलाई प्रशिक्षित गर्ने काम तिव्र पारिसकेको छ । कुल २५ जना छनौट भएका मिस मंगोल प्रतिस्पर्धी मध्ये मगर समुदायबाट प्रतिष्पर्धा गर्ने प्रतियोगीहरु मध्येकी प्रतियोगी नं. १० की सविता राना मगरलाई मगर मिडियाका साथीले भेटेर केहि कुराकानी गरेका थिए ।

एमविएस दोश्रो वर्षमा अध्ययनरत सविता रानामगरले यो मिस मंगोल एउटा प्लेट फर्म भएको कारण आगामी दिनमा जहाँबाट आफ्नो लक्ष्य र इच्छालाई पनि पुरा गर्नको लागि राम्रो सहयोगी बन्न सक्ने भन्दै यस प्रतियोगितामा मगर समुदायबाट प्रतिनिधित्व गर्दै आफुलाई प्रतिस्पर्धीको रुपमा सहभागी गराउन पाएकोमा खुशी व्यक्त गरेकी छिन् । आफुलाई यस प्रतियोगितामा सहभागी गराएपछि आफ्नो समुदायको लागि र सिंगो राष्ट्रको लागि आफुले गर्नुपर्ने कर्तव्यको बोध अझ नजिकबाट गराएको महसुस भएको उनी बताउँछिन । यस प्रतियोगितामा युवतीको शुन्दरता र रुपरंग मात्र मापन नगरी आत्मविश्वास, परिपक्वता, प्रस्तुतिशैली, गुण आचरण तथा क्षमतालाई पनि मुख्य आधार मान्ने हुदाँ आफुलाई सक्षम प्रतिस्पर्धीको रुपमा उभ्याउन सक्नु आफैमा ठुलो चुनौती हो । यद्यपी यी र यस्तै चुनौतीहरुसँग खेल्नु नै व्यक्तिको सफलतातिरको बाटो हो जस्तो लाग्छ मलाई, उनले भनिन् । आत्मविश्वासी र निर्धक्कका साथ आफ्नो कुरा राख्न सक्ने सवितालाई परोपकारी कामले लोभ्याउने बताउँछिन् । मिस मंगोल जित्नुहोला त ? भन्ने जिज्ञासामा हाँस्दै भनिन, प्रतियोगितामा आएपछि जित्ने आशा त सवैलाई हुन्छ तर त्यो इच्छाले मात्र पुग्दैन । यसमा मिस मंगोलको लागि आवश्यक गुण क्षमता हुनुपर्ने हुनसक्छ । यसमा निर्णायक मण्डलको गहन मुल्यांकन पछिको निर्णय, सवैको भोटिङ माया साथ सहयोगको पनि आवश्यकता पर्छ । अनि आफ्नो मिहिनेत, लगनशीलता र आत्मविश्वास ठुलो कुरा हो । म भर्खरै सिक्दै मिहिनेत गर्दैछु, जसले त्यो कुरालाई नजिक ल्याइदिन्छ ।

यस मिस मंगोल २०१६ मा मगर समुदायबाट सहभागिता जनाउने प्रतियोगीहरुलाई मोबाइल मार्फत भोट गर्ने तरिका:

प्रतियोगी नं. १० सविता राना मगर जसलाई भोट गर्नको लागि MM १० टाइप गरि ३३००१ मा पठाउन सकिनेछ:

sabita-rana-magar

प्रतियोगी नं. २५ योजना थापा मगर, जसलाई भोट गर्नको लागि MM २५ टाइप गरि ३३००१ मा पठाउन सकिनेछ:

yojana-thapa-magar

प्रतियोगी नं. ३ खुशी मगरलाई भोट गर्न MM ०३ टाइप गरि ३३००१ मा पठाउन सकिनेछ:

khusi-magar

प्रतियोगी नं. ११ रेनुका पुन मगरलाई भोट गर्नको लागि MM ११ टाइप गरि ३३००१ मा पठाउन सकिनेछ:

renuka-pun-magar

प्रतियोगी नं. २३ कोपिला गाहा मगरलाई भोट गर्नको लागि MM २३ टाइप गरि ३३००१ मा पठाउन सकिनेछ:

kopila-gaha-magar

भोटिङको लागि समय यहि असोज ८ गते शनिवार दिउँसो १२ बजे सम्म मात्र रहेको हुदाँ सवैलाई बढि भन्दा बढि भोट गरि सहयोग गर्नको लागि पनि सहभागीहरुले आग्रह गरेका छन् । कार्यक्रम संयोजक अशोक राई प्यासीका अनुसार प्रतियोगिताको फाइनल यहि असोज ८ गते शनिबार हुने भएको कुरा जानकारी दिनुभएको छ ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)