मगर संघ काठमाडौँद्वारा आयोजित अधिराज्यव्यापी बाल चित्रकला प्रतियोगिता तथा प्रदर्शनी काठमाडौँमा हुँदै !

श्याम राना मगर
मगर मिडिया
असोज ४, काठमाण्डौ ।

अधिराज्यव्यापी बाल चित्रकला प्रतियोगिता तथा प्रदर्शनी नेपाल आर्ट काउन्सील, बबरमहल काठमाण्डौमा हुने भएको छ ।

मगर समुदायको भाषा संस्कृतिको उत्थान र जगेर्ना गर्ने अभिप्रायले नेपाल अधिराज्य भरि नै मगर जातिहरुको विषयमा विद्यार्थीहरुले पनि जानकारी लिई सम्पुर्ण भाषा संस्कृतिमा अझ गहन अध्ययन गर्ने र आदिबासी जनजातिबारे पुर्ण रुपमा जानकारी प्राप्त गर्न सकुन भन्ने उद्देश्य स्वरुप नेपालमा मगर भाषा र संस्कृतिको पहिचान विषयक अधिराज्यव्यापी अन्तर विद्यालय वाल चित्रकला प्रतियोगिता र प्रर्दशनी गर्न लागेको आयोजक नेपाल मगर संघ जिल्ला समिति काठमाण्डौले जानकारी दिएको छ ।

नेपालमा मगर भाषा र संस्कृतिको पहिचान चित्रकलाको विषय रहको उक्त प्रतियोगितामा १२ वर्ष देखि १६ वर्ष उमेर समुहका विद्यार्थीहरु प्रतियोगितामा सहभागि भएका छन । चित्रकलामा मगर संस्कृतिको झलक र मगरहरुले प्रयोग गर्ने भेषभुषालाई समावेश गरि पठाइएको चित्रकलाहरु प्रदर्शनी हुन लागेको हो । अधिराज्यभरिबाट संकलन गरिएको चित्रकलाको अन्तिम रिजल्ट सँगै प्रथम द्धितिय र त्रितृय र २ जना सान्त्वनालाई नगद पुरस्कार सहित सहभागिताको प्रमाण पत्र पनि प्रदान गरिने भएको छ । साथै प्रतियोगितामा सहभागी चित्रकलाहरु अधिराज्यभरिबाट उत्साहपुर्ण रुपमा संकलन भईसकेको जानकारी कार्यक्रम संयोजक राजेन्द्र राना मगरले जानकारी दिनुभएको छ ।

यहि असोज ८ गते दिनको ठिक २ बजे उद्घाटन भई सुरु हुने कार्यक्रम ९ र १० गते सम्म चल्नेछ । उक्त प्रतियोगिता तथा प्रदर्शनीमा सहभागी भई कार्यक्रमलाई सफल बनाइदिनुहुनको लागि सम्पुर्णमा आमन्त्रण गर्दै आयोजकले सहयोगको लागि सम्पुर्णमा आह्वान पनि गरेको छ ।
nma-kathmandu-baal-chitrakala-competition-2073-004
nma-kathmandu-baal-chitrakala-competition-2073-003

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)