रेनुका काउचामगर र माया रानामगर, नेपाल महिला संघको केन्द्रिय सदस्यमा निर्वाचित !

मगर मिडिया डट कम, काठमाडौँ

नेपाली कांग्रेस पार्टी निकट नेपाल महिला संघ केन्द्रिय समितिको तेस्रो महाधिवेशनबाट रेनुका काउचा मगर र माया राना मगर केन्द्रिय सदस्यमा अत्याधिक मतले निवार्चित हुनुभएको छ ।

निर्वाचित केन्द्रिय सदस्य रेनुका काउचा मगर नेपाल मगर संघका केन्द्रिय सचिव तथा नेपाल मगर विद्यार्थी संघका पुर्व केन्द्रिय अध्यक्ष हुनुहुन्छ । समानुपातिक संसदको उमेद्वार समेत हुनुभएकी काउचा सरस्वती क्याम्पसमा स्ववियु कोषाध्यक्ष पनि बन्नुभएको थियो । नेपाल विद्यार्थी संघमा लामो राजनिति गर्नुभएको उहाँ विद्यार्थीबाट नेतृत्व तहमा पुग्ने थोरै प्रभावशाली नेतृत्व भित्र पर्नुहुन्छ । नेपाली काँग्रेस र महिला आन्दोलन नामक पुस्तकको सहलेखक समेत रहनुभएको काउचा नेपाली काँग्रस पार्टीको महाधिवेशन प्रतिनिधि समेत भइसक्नु भएको छ । काउचाको स्थायी ठेगाना बाग्लुङ जिल्ला हो । स्याङजा निवासी माया राना मगर भने नेपाल राष्ट्रिय मगर संघका पुर्व केन्द्रिय सदस्य हुनुहुन्थ्यो । उहाँपनि जिल्लाको एक प्रभावशाली महिला नेतृ हुनुहुन्छ ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)