महिला संघको तेस्रो महाधिवेशनमा रेनुका काउचा मगरको उम्मेद्वारी !

मगर मिडिया
भाद्र ३०, काठमाडौँ

नेपाल मगर संघका केन्द्रिय सचिव तथा नेपाल मगर विद्यार्थी संघका पुर्व केन्द्रिय अध्यक्ष रेनुका काउचा मगरले महिला संघको तेस्रो महाधिवेशनमा आदिवासी जनजाती केन्द्रिय सदस्यमा उम्मेदवारी दिएकी छिन् ।
renuka-kaucha-magar-002
समानुपातिक संभासद्को उमेद्वार समेत भएकी काउचा सरस्वती क्याम्पसमा स्ववियु कोषाध्यक्ष पनि बनेकी थिइन । नेपाल विद्यार्थी संघमा लामो राजनिति गरेकी उनी विद्यार्थी नेतृत्व तहमा पुग्ने थोरै प्रभावशाली नेतृत्व भित्र पर्छिन ।

नेपाली काँग्रेस र महिला आन्दोलन नामक पुस्तकको सहलेखक समेत रहेकी काउचा नेपाली काँगे्रस पार्टीको महाधिवेशन प्रतिनिधि समेत बनिसकेकी छिन् । नेपाली कांग्रेसको आदिबासी जनजाति फाँटमा चर्चित ज्यादै लगनशील, सरल, शिष्ट र मिलनसार रेनुका काउचाले आदिवासी जनजाति, महिला र युवाहरुको मुद्धालाई स्थापित गराउनको लागि आफ्नो उमेद्वारी दिएको बताउँछिन् ।
renuka-kaucha-magar-003
बलियो आत्मविश्वासीसँगै वहुआयामिक व्यक्तित्वका धनी, सिर्जनशिल र बौद्धिक रेनुका काउचा मगरको यो उमेद्वारीसँगै सक्षम महिला युवा नेतृका रुपमा आफुलाई नेपाली राजनितिमा स्थापित गर्न खोजेकी छिन । र, यस महाधिबेशनमा धेरै भन्दा धेरै मतले आफुलाई बिजयी गराउन श्री काउचा मगरले हार्दिक अनुरोध गरेकी छिन |
renuka-kaucha-matar-004

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)