स्थानीय तह पुर्नसंरचना !

नन्द बहादुर गेलांगमगर

जनसंख्यालाई मात्र आधार बनाएर जिल्लाको संरचना मान्य नहुने भन्दै भेरी किनाराका गाउँ विकास समितिहरुका बासिन्दाले आज दशरथपुरमा आयोजित कार्यक्रमका सहभागिहरुले असन्तुष्टि व्यक्त गरेका छन् । मगर भाषा संरक्षण समिति दशरपुरले आज गरेको अन्तक्रिया कार्यक्रमका सहभागिहरुले भाषा, रितिरिवाज तथा सामाजिक रहन सहनलाई पनि आधार मान्नु पर्ने भन्दै असन्तुष्टि व्यक्ति गरेका हुन् ।

कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै नेपाल मगर संघ सुर्खेतका अध्यक्ष डिलबहादुर बंशीले भाषा, संस्कृति, सास्कृतिकलाई अहिलेको संरचनाले छिन्न भिन्न पारेको आरोप लगाउनु भएको छ ।
बंशीले नेटा, साटाखानी, कल्याण, दशरथपुर र लेखफर्सामा सामाजिक साँस्कृतिक एवम भौगोलिक अवस्थाले पनि एउटै भएका कारण यसलाई विभाजन गर्न नहुने बताउनु भयो ।

कार्यक्रममा स्थानीय शान्ति समिति सुर्खेतका संयोजक मोहन थापाले संघियता स्थानीय तहमा व्यापक छलफल गरेर प्रस्तावित गर्नुपर्नेमा केन्द्रको रिफारिसमा पहिलै प्रस्ताव गर्नु लोकतन्त्रको विपरित भएको बताउनु भयो । लोकतन्त्रमा जनताको मत हुने भन्दै थापाले अहिले संरचनाले स्थानीयहरुको भावना समेट्न नसक्ने र सामाजिक विचलन आउने समेत बताउनु भयो ।

जनसंख्याको आधारलाई मान्दा हिमाल तथा दुर्गम स्थानहरुको बस्तीमा निकै जटिलता थपिने भन्दै थापाले राज्यले त्यस्ता स्थानहरुमा आफ्नो उपस्थिति अनिवार्य गर्नुपर्ने बताउनु भयो । यस्तै कार्यक्रममा नयाँ शक्ति सुर्खेतका सहसंयोजक यशबहादुर दर्लामीले अहिलेको संरचना जनतामा नभई टिपिएका मानिसहरुको आवाज भएको बताउनु भयो । विना परामर्श तथा दलहरुलाई साँचीको रुपमा मात्रै उपस्थिति गराएको भन्दै दर्लामीले सुर्खेतको पुर्नः संरचना प्राधिकरण सुर्खेतले आफ्ना मागहरुलाई सुनुवाई नगरेका कारण सिधै राज्य पर्नः संरचना आयोगमा यस्को ध्यानाकर्षण गराउनु पर्ने बताउनु भयो ।

यस्तै साटाखानी गाउँ विकास समितिका तर्फबाट गम्भीरसिं सोमैले सामाजिक रितिरिवाजलाई छिन्नभिन्न गराउन नहुने बताउनु भयो । उहाँले स्थानीय तह पुनर्ः संरचना गर्दा भाषा, क्षेत्र, तथा सेवा प्रवाहमा पायक पर्ने स्थानलाई पहिलो प्राथमिकता दिनु पर्ने बताउनु भयो । यसै गरी कल्याण गाउँ विकास समितिको तर्फबाट देवबहादुर रानाले जनतालाई सुविधा युक्त संरचना गराउनु पर्नेमा जोड दिनु भयो । यस्तै लेखफर्सा गाउँ विकास समितिका तर्फबाट हर्षबहादुर पुनले भाषागत संरचनालाई मध्ये नजर गर्नुपर्नेमा त्यसो नभएकोमा आन्दोलन गर्न पछि नपर्ने समेत बताउनु भयो । मगर भाषा संरक्षण समिति दशरतपुरका अध्यक्ष जीवेन्द्र विर्कट्टामगरको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण गर्नु भएको छ ।

यस्तै कार्यक्रममा खड्क घर्तिमगरको संयोजकत्वमा ५१ सदस्यीय स्वायक्त मगर मञ्च सुर्खेत गठन गरेको छ । साटाखानी, कल्याण, दशरथपुर, नेटा, लेखफर्साका ३÷३ जना र अन्य स्थानका गरी ५१ सदस्यीय समितिले मगरहरुको बाहुल्य रहेको स्थानहरुलाई स्वायक्त मगर इलाका, वडा र गाउँ बनाउनु पर्नेमा दवाव दिने सहभागिहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)