मगर विद्यार्थी संघको सातौ पुर्ण बैठक तथा राष्ट्रिय प्रशिक्षण कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)!

श्याम राना मगर
मगर मिडिया, काठमाण्डौ

नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको सातौ पुर्ण वैठक तथा राष्ट्रिय प्रशिक्षण कार्यक्रम गत भाद्र २४ र २५ गते काठमाण्डौमा सम्पन्न भएको छ । उक्त कार्यक्रममादेशका विभिन्न जिल्लाबाट आएका केन्द्रिय पद्याधिकारी, केन्द्रिय सदस्यहरु र काठमाण्डौ उपत्यका भित्रका विभिन्न क्याम्पसका मगर विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

नेपाल मगर विद्यार्थी संघका अध्यक्ष दिपा आलेमगरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले मगरात प्राप्तिको आन्दोलनमा विद्यार्थीहरुलाई युवा तथा बौद्धिक भुमिका खेल्नको लागि आग्रह गर्नुभएको थियो ।
nmsa-cc-7th-purna-baithak-national-training-008
उद्घाटन सत्र लगत्तै आर्जन बचत ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा भएको प्रशिक्षण कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका पुर्व केन्द्रिय अध्यक्ष तथा सल्लाहकारहरु राम बहादुर थापा मगर, झकेन्द्र घर्ति मगर, भोजविक्रम बुढा मगर, रेनुका काउचा मगर, सल्लाहकार बम कुमारी बुढा मगर, प्राध्यापक लक्ष्मी थापा मगर, नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव उजिर मगर, आर्जन वचत ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष डिवी आलेमगर, समाजसेवी इन्द्र बहादुर पुन मगर, बेल्जियम मगर संघका सल्लाहकार तोेइन बहादुर आले मगर, ललितपुर मगर समाजका अध्यक्ष मान बहादुर बुढा मगर लगायतले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।
nmsa-cc-7th-purna-baithak-national-training-004
प्रशिक्षण कार्यक्रममा नेपाल मगर विद्यार्थी संघको इतिहास र वर्तमान अवस्था, स्थानिय तहमा पुर्नसरचना र हाम्रो माग, मगर समाज र महिलाको नेतृत्व विकास, शैक्षिक मुद्धा र हाम्रो कार्यभार, नेतृत्व विकास,समृद्ध मगर समाजको आगामी कार्यदिशा जस्ता विषवस्तुहरुमा प्रशिक्षण प्रदान गरिएको थियो । जसले, नेपाल मगर विद्यार्थी संघका विभिन्न सकारात्मक पाटो तथा कमिकमजोरीहरु दुवैलाई केलाएरनेतृत्व विकास सँगै बलियो सांगठनिक विकास गर्दै अव कसरी अगाडि बढ्ने भन्ने कुरामा सहयोग पु¥याएको सहभागीहरुले बताएका छन् ।

प्रशिक्षण पछि बसेको नेपाल मगर विद्यार्थी संघको सातौ पुर्ण बैठकले संघका महासचिव र कोषाध्यक्षले प्रस्तुत गरेको सांगठनिक तथा आर्थिक प्रतिवेदनलाई पारित गरेको थियो । यस्तैगरि यहि आगामी मंसिर महिनाभित्र तिव्र संगठन विस्तार गर्ने, मगरात प्राप्तिको आन्दोलनलाई सफल पार्न मगरात इन्चार्ज विष्णु थापा मगरको संयोजकत्वमा मगरात क्षेत्रमा बृहत प्रशिक्षण कार्यक्रम संगै देश व्यापी रुपमा जागरणको अभियानका लागि कार्यक्रमको आयोजना गर्ने, नेपाल मगर संघको आन्दोलन तथा कार्यक्रममा प्रभावकारी भुमिका खेल्ने, संघको आठौ पुर्ण बैठक मकवानपुर जिल्लाको हेटौडामा गर्नेर संघको नवौँ राष्ट्रिय महाधिवेशन आगामी माघ १५, १६ र १७ गते मोरङ जिल्लामा गर्ने निर्णय गरेको छ साथै नेपाल मगर संघका पुर्व अध्यक्ष तथा मगर समुदायका धरोहर, पुर्व मन्त्री स्वर्गीय गोरे बहादुर खपाङ्गी मगर प्रति श्रद्धाञ्जली प्रस्ताव पारित जस्ता महत्वपुर्ण निर्णय गरि सम्पन्न भएको जानकारी महासचिव गोम राना मगरले दिनु भएको छ ।
nmsa-cc-7th-purna-baithak-national-training-005
कार्यक्रमको समापन समारोहमा कार्यक्रमलाई सफल पार्न आर्थिक, भौतिक तथा व्यवस्थापनमा सहयोग गर्ने संस्था आर्जन वचत ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष डिवी आलेमगर, प्रशिक्षकहरु र विभिन्नव्यक्ति संघसंस्थाहरुलाई सम्मान गरेको थियो । कार्यक्रमको मिडिया पार्टनरको भुमिका मगर मिडियाले खेलेको थियो ।

कार्यक्रममा रेकर्ड गरिएका भिडियोहरु केही समय पछि मगर मिडियाले आफ्नो च्यानलमा प्रसारण गर्ने छ ।
nmsa-cc-7th-purna-baithak-national-training-006
nmsa-cc-7th-purna-baithak-national-training-007
nmsa-cc-7th-purna-baithak-national-training-009
nmsa-cc-7th-purna-baithak-national-training-002
nmsa-cc-7th-purna-baithak-national-training-003
nmsa-cc-7th-purna-baithak-national-training-010
nmsa-cc-7th-purna-baithak-national-training-011
nmsa-cc-7th-purna-baithak-national-training-012
nmsa-cc-7th-purna-baithak-national-training-013
nmsa-cc-7th-purna-baithak-national-training-014
nmsa-cc-7th-purna-baithak-national-training-015
nmsa-cc-7th-purna-baithak-national-training-016
nmsa-cc-7th-purna-baithak-national-training-017
nmsa-cc-7th-purna-baithak-national-training-018
nmsa-cc-7th-purna-baithak-national-training-019
nmsa-cc-7th-purna-baithak-national-training-020
nmsa-cc-7th-purna-baithak-national-training-021
nmsa-cc-7th-purna-baithak-national-training-022
nmsa-cc-7th-purna-baithak-national-training-023
nmsa-cc-7th-purna-baithak-national-training-024
nmsa-cc-7th-purna-baithak-national-training-025

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)