चर्चित लोक/दोहोरी गायिका र कुशल प्रस्तोता(RJ/VJ) रुपा घर्तीमगरलाई मगर संघ युएइ शाखाको भब्य सम्मान !

एच. बि. मगर, युएइ

०८ सेप्टेम्बर २०१६ बिहिवार, युएइको ब्यस्त शहर दुबाइमा चर्चित लोक तथा दोहोरी गायिका र कुशल प्रस्तोता(RJ/VJ)रुपा घर्तीमगरलाई नेपाल मगर संघ शाखा, युएइले अरब उडुपी रेस्टुरेन्ट दुबईको सभा हलमा एक समारोहका बिच भेटघाट तथा सम्मान कार्यक्रम गरेको छ । केन्द्रिय अध्यक्ष राजु सिंजाली मगरको सभापतित्वमा प्रमुख अतिथि कलाकार रुपा घर्तीमगर अन्य संघका भुपु तथा बर्तमान वरिष्ठ ज्युहरु लगायत अन्य केन्द्रीय,क्षेत्रीय पदाधिकारी र सदस्यहरुको उपस्थितिमा गायिकालाई स्वागत तथा सम्मान गरेको थियो ।

उपस्थित वक्ताहरु द्वारा गायिका मगरको उज्ज्वल भबिष्य र संगितिक यात्रामा थप उर्जा मिलोस भन्ने शुभ कामना सहित देश बिदेश देखि पनि नेपाली कला,संस्कृतिलाई जगेर्ना,संरक्षण,सम्बर्द्धनको कार्यमा जोड दिनु पर्ने भन्दै अध्यक्ष सिंजाली मगरले समाज भित्र फैलिएको संगितिक बिकृतीलाई चिर्दै बिल्कुलै मौलिक संस्कृति प्रती ध्यान दिनुपर्ने बताउनु भयो ।
धन्यवाद ।
नेपाल मगर संघ शाखा, युएई
केन्द्रिय कार्य समिति

nepal-magar-sangh-uae-honors-rupa-ghartimagar-002
nepal-magar-sangh-uae-honors-rupa-ghartimagar-003
nepal-magar-sangh-uae-honors-rupa-ghartimagar-004
nepal-magar-sangh-uae-honors-rupa-ghartimagar-005

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)