भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

बिजय कुमार मगर,
भाद्र २१, दोहा कातार

नेपाल मगर संघ, शाखा कतार , नेपाली महिला समाज कतारले आयोजना गरेको तिज विशेष कार्यक्रममा आफ्नो प्रस्तुति दिनका लागि आउनु भएको लोक दोहोरी गायिका तथा रेडियो तथा टेलिभिजन प्रस्तोता रुपा घर्ती मगर र कतारमा विशेष भम्रणमा रहनु भएका नेपाल मगर संघ केन्द्रिय समितिका निवर्तमान सल्लाहकार तथा मगर सेवा समाज ललितपुरका बर्तमान अध्यक्ष मान बहादुर बुढामगर संग नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा दोहाको सफिर रेस्टुरेन्टमा भेटघाट तथा सम्मान कार्यक्रम सप्पन्न गरेको छ । katar-vetghat3

कार्यक्रममा प्रमुख अथिती रुपा घर्ती मगर, विशिष्ट अतिथीमा नेपाल मगर संघ केन्द्रिय समितिका निवर्तमान सल्लाहकार सदस्य तथा मगर सेवा समाज ललितपुरका बर्तमान अध्यक्ष मान बहादुर बुढामगर हुनुहुन्थ्यो भने विशेष उपस्तिथि नेपाल प्रवासी आदिवासी जनजाती महासंघका अध्यक्ष सियाराम चौधरी रहनु भएका थिए । अन्य अतिथिहरुमा गुल्मी सेवा समाजका अध्यक्ष बुद्धि बहादुर पाण्डे लगायत कार्यसमितिका पदाधिकारीहरु तथा सल्लाहकारहरु, एन.आर.एन (एन. सि. सि.)का महिला सदस्य मिना खड्का, नेपाली महिला समाजका कोषाध्यक्ष सुस्मिता भुसाल ,मितेरी सास्कृतिक समूहका उपाध्यक्ष बिजय रानापाली, नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार भिम तरामु मगर, सल्लाहकार रमेश कनौजे मगर, जनक थापा मगर, नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष केशब राना मगर , दोहा एरिया समितिका कोषाध्यक्ष अशोक आले मगर,सनैया ए समितिका कोषाध्यक्ष कृष्ण सोराली मगर, सहानिया एरिया समितीका उपाध्यक्ष नरेन्द्र लायो मगर, वक्रा एरिया समितिका सचिव दिपक मगर, कला तथा सस्कृति बिभाग सचिव सोम थापा मगर र महिला बिभागका संयोजक ईशोरा थापा मगर र समाजसेवी तथा बुद्धिजिवी भरत सिं बुढामगर हुनुन्थ्यो भने कार्यक्रम संघका महासचिव बिजय मगरले संचालन गरेका थिए । katar-vetghat2

कार्यक्रमका सभापति, प्रमुख अतिथि विशेष अतिथी र अतिथिहरु बाट ब्यानर आवारण गरेर कार्यक्रमलाई शुरु गरियो भने नेपाली राष्ट्रिय गान , मगर गान तथा प्रथम सहिद क्या. लखन थापा मगर र अन्य ज्ञात अज्ञात शहिदहरुको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा उपस्थित हुनु भएका सम्पुर्णलाई संघका प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगरले स्वागत मन्तव्य राखेर स्वागत गर्नु भयो ।
कार्यक्रममा प्रमुख अतिथि लोक दोहोरी गायिका तथा रेडियो टेलिभिजन प्रस्तोता रुपा घर्ती मगर र केन्द्रिय समितिका निवर्तमान सल्लाहकार मान बहादुर बुढामगरलाई संघका अध्यक्ष र प्रमुख सल्लाहकारवाट खादा ओढाई, सम्मान पत्र, मायाको चिनो, संघको लोगो अंकित टिसर्ट र २०७३ सालको भित्ते पात्रो प्रदान गरेको थियो । कार्यक्रममा गुल्मी सेवा समाज, कतारले पनि लोक दोहरी गायिका तथा रेडियो टेलिभिजन प्रस्तोता रुपा घर्ती मगरलाई खादा ओढाई सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा भाषा तथा लिपी अध्यन अनुसन्धान बिभागका उप संयोजकले मगर संघ कतार ले भाषा लिपीलाई जोगाउन गरेका कदमहरुको बारेमा जानकारी गराउनु भयो भने मगर कला तथा सास्कृतिको उत्थानका लागि मगर संघ कतारले गरेका कार्यहरुको बारेमा सल्लाहकार तथा कला तथा सास्कृतिक बिभागका सल्लाहकार तथा केन्द्रका सल्लाहकार अनि नृत्य निर्देशक जनक थापा मगरले बताउनु भयो । भने प्रवासमा रहेको मगरहरुको आर्थिक अवस्थालाई सुधार गर्ने मगर बचत कोषको भुमिका बारेमा जानकारी बचत कोषका अध्यक्ष केशव राना मगरले प्रष्ट पार्नु भयो भने नेपाल मगर संघ, शाखा कतारको विगत देखि बर्तमान सम्मको कार्यविवरण को बारेमा जानकारी सचिव रबिन मगरले दिनु भएको थियो ।

उपस्थित अतिथिहरु नेपाली महिला समाजका कोषाध्यक्ष सुस्मिता भुसाल , गुल्मी सेवा समाजका अध्यक्ष बुद्धि बहादुर पाण्डे, नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार भिम तरामु मगर र नेपाल प्रावासी आदिवासी जनजाती महासंघका अध्यक्ष सियाराम चौधरीले मन्तव्यराख्दै लोक दोहरी गायिका तथा रेडियो प्रस्तोता रुपा घर्ती मगरको कतार बसाई सुखद र उहाँ भबिस्य उज्वल रहोस् भने कामना सहित ५ तारीखको उहाँको यात्रा सफल रहोस भन्नू भयो ।

कार्यक्रममा बोल्नुहुँदै विशिष्ट अतिथि मान बहादुर बुढामगरले नेपाल मगर संघको स्थापना र यस संघले मगरहरुको लागि चालेका कदमहरु मगरहरु पछाडि पर्नुका मुख्य कारण र मगरहरुको आर्थिक अवस्थामा कसरी सुधार गर्नु सकिन्छ यो बारेमा बताउनु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथी लोक दोहरी गायिका तथा रेडियो÷टेलिभिजन प्रस्तोता रुपा घर्ती मगरले आफ्नो सालैजो र कौरा गित गाएर मनोरञ्जन दिदै आफुलाइै नेपाल मगर संघ, शाखा कतार र गुल्मी सेवा समाजले सम्मान गरेर अझै आफ्नो काधमा जिम्मेवारी थपेको महुसस गर्नु का साथै सम्मान गर्नु भएकोमा हार्दिक धन्यवाद प्रकट गर्नु भयो ।
अन्तमा, कार्यक्रम उपस्तिथि सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्ने क्रममा नेपाल मगर संघ, शाका कतारले मगर कलाकारहरु लाई सम्मान गर्दै आइरहेको र मगर कलाकारलाई सम्मान गर्नु पाउँदा खुशीरहेको बताउनुभयो । नेपालवाट कतार आउनुहुने मगर कलाकार तथा विशिष्ट ब्यक्तित्वहरु संग भेटघाट गरी सस्थागत विचारहरु आदान प्रदान गरीरहेको जानकारी गराउनु भयो ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)