मगर कलाकार कल्याणकारी कोष स्थापनाको निम्ती सहयोग प्राप्त ।

भाद्र २१, काठमाडौं

मगर कलाकार कल्याणकारी कोष स्थापनाको निम्ती सहयोग प्राप्त भएको छ । चर्चित गायक तथा नायक मन्सुधन थापा मगरको नेतृत्वमा केही समय अगाडी संकलन गरिएको रकम रु ८० हजार रुपैँया कल्याणकारी कोष स्थापनको लागी सहयोग स्वरुप प्रदान गरिएको हो ।nepal-magar-kalakar-kalyankari-kosh-fund-hastantaran-003

साथै थापाले कोष स्थापनाको लागी व्यक्तिगत १० हजार रुपैँया पनी थप गरी नेपाल मगर सांस्कृतिक संघका अध्यक्ष कविराज थापा मगर र कोषाध्यक्ष निता पुन मगर सहित सांस्कृतिक परिवारलाई सो रकम सामाखुशी स्थित मगर हाउसमा एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो ।
nepal-magar-kalakar-kalyankari-kosh-fund-hastantaran-002
मनसुदन थापा कै आग्रहमा पाल्नु भएको पुन मगर समाजको संरक्षक निर पुन मगर ज्यूले पनि कल्याणकारी कोषको लागी ५ हजार रुपैया प्रदान गर्नुभयो । सांस्कृर्तिक संघ तथा काल्याणकारी कोष स्थापनाका लागी सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद दिनुहुँदै नेपाल मगर सांस्कृर्तिक संघका अध्यक्ष कविराज थापा मगरले कोषमा संकलन भएको सकम मगर कलाकारहरुकै हकहित,संरक्षण तथा प्रवर्दनको लागी उपयोग गरिने जानकारी दिनुभयो ।

साथै यस कोषलाई हुर्काउन बडाउनका लागि पनी उहाँले सम्पूर्ण अग्रजहरुसंग परामर्श लिएर निति र नियम बनाएर अगाडी बढ्ने उद्देश्य रहेको जानकारी दिनुभयो ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)