३४औ मगर दिवसको अवसरमा मगर बर्ष पुरूष र महिलाका साथै मिस मगर हंगकंग छानियो !

भिम बरही मगर/हंगकंग

मगर संघ हंगकंगको आयोजनामा याउ मा तेइ कम्युनिटी हलमा ३४ औ मगर दिवस सम्पन्न भएको छ । मगर दिवसको अवसरमा मगर बर्ष पुरूषमा जगत थापा मगर र मगर बर्ष महिलामा कुमारी थापा मगर सम्मानित भएका छन । भीम थापा मगर, शिला राना मगर, हर्क राना मगर, जस पुन मगर र सालु थापा मगर गरी पाँच जना निर्णायक मण्डलमा रही मिस मगर छानिएको थियो । मिस मगरको ताज भने ९ जना प्रतियोगिहरूलार्इ उछिन्दै पुनम झेडी मगरले पहिरीन सफल भएकी छिन । झेडी मगरले सुनको जन्तर लगायत नगद तथा अन्य पुरस्कार पनि प्राप्त गरेकी छिन । अन्य प्रतियोगिहरूमा रेशा थापा मगर, सुबिना थापा मगर, सुस्मिता श्रीनेट मगर, कृति थापा मगर, निकिता पुन मगर, नम्रता थापा मगर, बिपना राना मगर र मन कुमारी सारू मगर रहेकी थिइन । सवै प्रतियोगिहरूलार्इ संघले एउटा एउटा टाइटल र पुरस्कार दिएर सम्मान साथै प्रोत्साहन दिएको थियो । मगरको कला संस्कृति र भाषाको वारेमा बोल्नु पर्ने साथै निर्णायकले सोधेको प्रश्नको सही जवाफ दिनु पर्ने कुराहरू पनि समाबेश गरीएको थियो । मिस मगर प्रतियोगिताको कार्यक्रमलार्इ मिस मगर २०१५ पुजा राना मगर र मिस मगर २०१४ अन्जना पुन मगरले रोचक साथै निकै आर्कषक तवरले सञ्चालन गरेकी थिइन ।

नेपाल मगर संघ केन्द्रिय समितिका सचिव तथा बिदेश बिभाग प्रमुख रक्षा रैका मगरले प्रमुख अतिथ्य ग्रहण गरी सम्बोधन गर्दै अब मगरहरूको पहिचान पुरानो शासक बर्गले भने जस्तो नभर्इ फेरीइ सकेको र मगरहरू धेरै अगाडि बढिसकेको बताएका थिए । नेपाल मगर संघ मगरको पहिचान सुनिश्चित गर्नको लागि संघर्षरत छ उनले थपे । आदीवासी जनजाति महासंघका अध्यक्ष एम वि थापा मगरले विशेष अतिथ्य ग्रहण गरेका थिए । मगर संघ हंगकंगका पुर्व अध्यक्ष तथा अन्य संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले अतिथ्य ग्रहण गरेका थिए । शुभकामना दिने क्रममा पुर्व महासचिव तथा सल्लाहकार भीम थापा मगरले मगरहरूको लगानी सुनिश्चित गर्नको लागि र मगरहरूलार्इ समस्या पर्दा सहयोग गर्ने उदेश्य लिएर स्थापना भएको मगर लगानी समुह (MAGAR INVESTMENT GROUP) को बारेमा जानकारी गराएका थिए । पहिलो चरणको कार्यक्रम महासचिव बोध बिक्रम थापा मगरको सञ्चालनमा गरेका थिए । संघकी अध्यक्ष चन्द्र ज्योति आले मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलार्इ उपाध्यक्ष थल श्रीस मगरले स्वागत मन्तब्य दिएका थिए ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)