खपाङ्गीको समाधिमा वस्ने इच्छा अधुरो / राजकिय सम्मान सहित स्वोयम्भुमा अन्त्येष्टि (फोटो फिचर)!

श्याम रानामगर
काठमाडौँ, भाद्र १४

जातिय मुक्ति आन्दोलनका महान नेता गोरे बहादुर खपाङ्गी मगरको देहावसान पछि समाधीमा बस्ने इच्छा पुरा हुन पाएन । परिवार स्रोतका अनुसार उहाँको इच्छा आफ्नो शरिरलाई नजलाई जमिन मुनी पुरेर समाधी बनाइदिनु भन्ने थियो । सोहि इच्छा बमोजिम उहाँको अन्तेष्टि गरिने पहल हुदाँहुदै पनि अन्तिममा उहाँको स्वयम्भुस्थित घाटमा जलाएर दाह संस्कार गरिएको छ । काठमाण्डौको खुला मञ्चमा अन्तिम श्रद्धाञ्जलीको लागि खपाङ्गीको पार्थिक शरिरलाई राख्दै गर्दा ललितपुर जिल्लाको एक स्थानमा समाधि स्थल निर्माण गरि अन्तेष्टि गरिने कुरा सार्वजनिक भएको थियो । तर स्थानियहरुबाट उक्त स्थानमा समाधी स्थल नबनाउन अनुरोध गरि अवरोध गरे पश्चात उहाँलाई जलाएर अन्तेष्टि गर्ने निर्णय गरिएको थियो ।
gore-bahadur-khapangi-antyesti-13-bhadra-2073-002
गोरे बहादुर खपाङ्गी मगर फाउन्डेसनले उहाँको पार्थिक शरिर राखिएको स्थानमा नै उहाँको योगदानको सम्मान स्वरुप स्मृति पार्क निमार्ण गरि उक्त स्थानलाई ऐतिहासिक थलोको रुपमा विकास गर्दै लैजाने सोच बनाए पनि सो सोच पुरा हुन नपाएकोमा दुख लागेको जनाएको छ । साथै राज्यले खापाङ्गीको स्वास्थ्योपचारमा वेवास्ता गरेको र मृत्युपश्चात पनि यति ठुलो अपमान गरेको भनेर आरोप पनि लगाएको छ । यद्यपि फाउन्डेसनले उहाँको अस्तुलाई राखेर कुनै ठाउँमा तत्काल चैत्य निर्माण गरिने कुरा जनाएको छ । जसमा नेपाल मगर संघले साथसहयोग गर्ने भएको छ ।
gore-bahadur-khapangi-antyesti-13-bhadra-2073-003
नेपालमा जातिय मुक्तिका लागि नेल्सन मण्डेला जस्तै मानिने गोरे बहादुर खपाङगी मगरको यहि मिति २०७३ साल भाद्र ११ गते राति १० बजेर २२ मिनेट जाँदा बाँसबारी स्थित न्युरो अस्पतालमा निधन भएको थियो । निधन भएको भोलिपल्ट उहाँको शवलाई श्रद्धाञ्जलीको लागि नेपाल मगर संघको केन्द्रिय कार्यालय कलङ्कीमा राखिएको थियो । तेस्रो दिन कलङ्कीबाट शवयात्रा गरि उहाँको शवलाई अन्तिम श्रद्धाञ्जलीको लागि खुल्ला मञ्चमा राखि अन्तमा खुल्ला मञ्चबाट स्वयम्भुसम्म शव यात्रा गरि उहाँको शवलाई राजकिय सम्मानका साथ बौद्ध परम्परा अनुसार दाह संस्कार गरिएको थियो ।
gore-bahadur-khapangi-antyesti-13-bhadra-2073-004
खपाङ्गी, नेपाल मगर संघ केन्द्रिय समितिको संस्थापक सदस्य तथा चार कार्यकालका अध्यक्ष हुनुहुन्थ्यो । आदिवासी जनजाति महासंघको परिकल्पनाकार उहाँ २०७० साल बैशाख १२ गते काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सवमा सहभागी हुन जाने क्रममा मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते हुनुभएको थियो । दुर्घटना पश्चात अर्धचेत अवस्थामा रहनुभएका उहाँको नेपाल र सिंगापुरमा लामो उपचार भएपनि उहाँको स्वास्थ्यमा उचित सुधार हुन सकेको थिएन । बाबु अमृत भक्त खपाङ्गी मगर र आमा पद्म माया खपाङ्गी मगरको कोखबाट वि.सं. २००३ साल श्रावण २५ गते उदयपुरको जलविरेमा जन्मिनु भई पछि रामनगर ३ महोत्तरी जिल्लामा बसाई सर्नु भएको उहाँ हाल ललितपुरको बागडोलमा बसोबास गर्दै आउनु भएको थियो ।
gore-bahadur-khapangi-antyesti-13-bhadra-2073-005
सुर्ती विकास कम्पनीमा हाकिम, जुट मिल विराटनगरमा हाकिम र गौरी शंकर हाइस्कुल रामेछापमा हेडमास्टरको जागिरे जीवन विताउनु भएका उहाँ नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य पनि हुनुहुन्थ्यो । कम्युनिष्ठमा लागेर राजनिति थाल्नुभएको खपाङ्गीले जलेश्वर कारागारमा १४ महिना जेल जिवन विताउनु भएको थियो । नेपालको वर्गीय समस्या जातमा रहेको थाहा पाएपछि उहाँ निरन्तर खरो रुपमा जातिय मुक्तिको लागि लाग्नु भएको थियो । राष्ट्रिय जनमुक्ति मोर्चाको संस्थापक महासचिव, राष्ट्रिय जनमुक्ति पार्टिको महासचिव हुदैँ हाल लिवरल डेमोक्रेटिक पार्टिको अध्यक्ष गोरे बहादुर खपाङ्गी मगर २०५९ सालमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री पनि हुनुहुन्थ्यो ।
gore-bahadur-khapangi-antyesti-13-bhadra-2073-006
gore-bahadur-khapangi-antyesti-13-bhadra-2073-007
gore-bahadur-khapangi-antyesti-13-bhadra-2073-008
gore-bahadur-khapangi-antyesti-13-bhadra-2073-009
gore-bahadur-khapangi-antyesti-13-bhadra-2073-010
gore-bahadur-khapangi-antyesti-13-bhadra-2073-012
gore-bahadur-khapangi-antyesti-13-bhadra-2073-011

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

One thought on “खपाङ्गीको समाधिमा वस्ने इच्छा अधुरो / राजकिय सम्मान सहित स्वोयम्भुमा अन्त्येष्टि (फोटो फिचर)!

  1. अादिबासी नेपालीका महान नेता गाेरे बहादुर खपाङ्गी अमर रहुन्। नेपाली जनमनमा गाेरे बहादुर खपाङ्गी रहिरहनेछ। वहाँकाे याेगदानलाई हामीले कदर गर्दै वहाँकाे पथमा हिडेर पिल्सिएका नेपालीको मुक्तिका निम्ति याेगदान दिनु पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)