मगर संघ बाँकेद्वारा पुर्व मन्त्री स्व. गोरे वहादुर खपाङ्गी प्रति श्रदाञ्जली अर्पण ।

यमुना रानामगर
नेपालगन्ज, भाद्र १४

नेपाल मगर संघ, केन्द्रिय समितिक पुर्व अध्यक्ष तथा पुर्व मन्त्री स्व. गोरे वहादुर खपाङ्गीको सम्झनामा बाँकेमा एक कार्यक्रमको आयोजना गरी सोमबार उहाँको आत्मा प्रती श्रदाञ्जली अर्पण गरिएको छ । नेपाल मगर संघ बाँकेले आयोजनामा गरेको श्रदाञ्जली सभामा उपस्थित सबैले एक मिनेट मौन धारण गरीएको थियो ।

मगर संघ बाँकेका अध्यक्ष डम्वर वहादुर थापाको अध्यक्षतामा भएको श्रद्धान्जली सभामा बोल्ने अतिथीज्युहरुले मगर, जनाजाती तथा सिंगो देशले नै एक जुझारु नेता गुमाएको भन्दै उहाँले उठाएका मगर तथा जनजाती मुद्धाहरुलाई नछोडी उत्पिडित र उपेक्षित वर्गलाइृ न्याय दिलाउन सके मात्र उहाँको निम्ती साँचो अर्थमा श्रद्धान्जली हुने र उहाँको आत्माले शान्ती पाउनेमा जोड दिईएको थियो । साथै उहाँले मगर तथा जनजाती समुदायलाई मलजल गरी आफ्नो हक अधिकार प्राप्तीको लागी हुकाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको पनि उल्लेख गरिएको थियो ।
botam gore
त्यस्तै श्रदाञ्जली सभाका प्रमुख अतिथी रहनुभएका मगर संघ केन्द्रिय सल्लाहकार तथा पुर्व महासचिव रामचन्द्र थापा मगरले धेरै आरोह अवरोह हरु आए, सत्ता परिवर्तन भए तर पनी नेपालको आदीबासी जनजातीहरुले आफ्नो हक अधिकार प्राप्त गर्न गसेको भन्दै उत्पिडित र उपेक्षित वर्गको लागी आवाज उठाउने जुझारु व्यक्ती उहाँ भएको बताउनु भयो साथै उहाँले उत्पिडित र उपेक्षित वर्ग तथा जनजाती समुदायको उत्थानको लागी लागी पर्ने व्यक्ती भन्दै राजनितिक रुपमा पनी उत्पिडित र उपेक्षित वर्गको मुद्धा उठाउनु पर्छ भन्ने ध्येयले राष्ट्रिय जनमुक्ती पार्टी स्थापनार्थ पनी महत्वपुर्ण भुमिका रहेका उल्लेख गर्नुभयो ।

२०७० सालमा मोटरसाईकल दुर्घटनामा परी कोमा मा रहनु भएका खपाङ्गीको शनिबार राती निधन भएको हो ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)