७५ वटै जिल्लामा टेलिकमको माइक्रोवेभ रेडियो लिंक विस्तार !

काठमाडौं, भदौ ६

नेपाल टेलीकमले देशको ७५ वटै जिल्लामा टेलिकमको माईक्रोवेभ रेडियो लिङ्क विस्तार गर्न सफल भएको छ । नेपाल टेलिकमले कर्णाली अञ्चलका मुगु, हुम्ला र डोल्पामा पनि माइक्रोवेभ रेडियो लिंक विस्तार गरेको छ । यो सँगै देशका ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंक विस्तार भएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।

टेलिकमले ७५ औं जिल्लाको रुपमा हुम्लाको सिमिकोटमा सो गत शनिबारदेखि माइक्रोवेभ रेडियो लिंक प्रविधिमार्फत सेवा उपलब्ध गराउन थालेको छ । माइक्रोवेभ रेडियो लिंकको पहुँच नहुँदा मुगु, हुम्ला र डोल्पा जिल्लाका सदरमुकामहरुमा स्याटेलाइट प्रविधिमार्फत टेलिकमको सेवा उपलब्ध हुँदै आएको थियो । जसका कारण टेलिकमको सेवा उपभोगमा कठिनाइ थियो ।

माइक्रोवेभ लिंक विस्तार भएपछि अब १ सय ७० एमबिपिएसको लिंकमार्फत ल्याण्डलाइन, जिएसएम, सिडिएमएका टेलिफोन सेवा तथा एडिएसएल, टुजी र इभिडिओ इन्टरनेट सेवाको डाटा क्षमतामा उल्लेख्य सुधार हुने नेपाल टेलिकमले जनाएको छ ।

यो लिंकबाट भविष्यमा थ्रीजी र वाइम्याक्स सेवा पनि सञ्चालन गर्न सकिने र यसबाट कर्णालीका बासिन्दाले पनि अधिकतम लाभ प्राप्त गर्ने अपेक्षा गरिएको वैद्यले बताउनुभयो । कम्पनीले मुगु, हुम्ला र डोल्पा बाहेकका जिल्लामा भने यसअघि नै माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा दिइरहेको थियो ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)