देव पाटा पत्रकारिता पुरस्कार रानालाई !

आशिष सूर्यवंशीमगर
बुटवल, श्रावण २८

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले प्रदान गर्दै आएको देवबहादुर पाटामगर उत्कृष्ट पत्रकारिता पुरस्कार सरु रानालाई प्रदान गरेको छ । फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष स्व. पत्रकार देवबहादुर पाटामगरको स्मृतिमा प्रदान गर्दै आएको पुरस्कारको सातौँ संस्करण–२०७३ बाट फोनिजको १७ औं स्थापना दिवसको अवसरमा रेडियो लुम्बिनीमा कार्यरत रानालाई सम्मान गरिएको हो ।

रानालाई प्रमाण पत्र तथा नगद पुरस्कार हस्तान्तरण गर्दै फोनिज पश्चिमाञ्चल संयोजक देवबहादुर पचभैयामगरले नेपाल सरकारले समावेशी संचार नीतिलाई लागु गर्नु पर्ने बताउनु भयो । उहाँले पत्रकारिता क्षेत्रमा अभावै अभावैको सेवामुखी काम भएकाले पत्रकारहरुलाई यस क्षेत्रमा टिकाइ राख्न नेपाल सरकारले पछिल्लो पटक ल्याएको श्रमजीवि पत्रकार नीति तत्काल ब्यवहारमा लागु गर्न माग गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर के.सी.ले पत्रकार सम्मान गर्ने कामले संचार क्षेत्रमा लागेकालाई हौसला प्रदान गर्ने बताउनु भयो ।

यस अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीका उपाध्यक्ष विमला गुरुङ, न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य दिपक ज्ञवाली, आदिवासी जनजाति युवा महासंघ केन्द्रीय सदस्य तथा तमु ह्युला छोंज धिँ गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका सचिव दिपक गुरुङ, मगर संघ रुपन्देहीका कार्यावाहक अध्यक्ष गीता सारुमगर, थकाली सेवा समाजका अध्यक्ष शिवप्रसाद शेरचन, जिल्ला खेलकूद विकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङ, भलाई कोष बुटवलका पूर्व अध्यक्ष चीनबहादुर गुरुङ, फोनिजका सल्लाहकार तथा पत्रकार छनोट समितिका संयोजक लोकनेश ढेंगामगर, नेपाल मगर संघ बुटवल नगरसमितिका अध्यक्ष गोपालबहादुर चौहानमगर, नारायणी पाटामगर, सरु रानामगर लगायतले मन्तब्य राख्नु भएको थियो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीका अध्यक्ष मिलन गाहाको अध्यक्षता, सचिव आशिष सूर्यवंशीमगरको संचालन तथा उपाध्यक्ष राज चौधरीको स्वागतमा सम्पन्न कार्यक्रममा सदस्य कमल थापामगरले स्व. पत्रकार देवबहादुर पाटामगरको संक्षिप्त चिनारी प्रस्तुत गर्नु भएको थियो ।
fonij-rupandehi-awards-journalist-dev-pattamagar-002

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)