आमावुवा गुमाएका वालकहरुको पढाईका लागि मगर पत्रकार संघ दाङले पहल थाल्यो !

रेखा मगर
दाङ, २७ साउन

नेपाल मगर पत्रकार संघ दाङले आमाबुवा गुमाएका घोराही नगरपालिका– ६ ढोडेनीका २ बालकहरुको पढाइका लागी पहल गर्ने भएको छ । कमाउन भनी विदेशमा पुगेका बुवा चन्द्र वहादुर बुढा मगरको मृत्यु भएको २ वर्षमै आमा पवित्राको पनि हृदयघातका कारण मृत्यु भएपछि १० वर्षका सुरेन्द्र वुढा र उनका ५ बर्षका भाई शरदको विचल्ली भएको छ ।

आर्थिक अवस्था कमजोर रहेको उक्त परिवारमा अभिभावकको मृत्युपछि झन समस्या थपिएको छ । घोराहीस्थित लालीगुराँस बोर्डिङ स्कुलमा अध्ययनरत सुरेन्द्र र शरदको अव घरबाटै स्कुल गएर पढ्न सक्ने अवस्था छैन । घरमा कमाएर ल्याउने अभिभावक नभएपछि उनीहरुको पढाइ नै प्रभावित हुने देखिएको छ । भाइहरुको पढाइका लागी आफु एक्लैले खर्च जुटाउन सक्ने र घरमै बसिरहेर हेर्न सक्ने अवस्था नभएको भन्दै होस्टेलमै राखेर पढाइदिन सक्ने विद्यालय भेटिए सहयोग मिल्ने दिदी सरिताले वताउनुभयो ।

मगर संस्कार अनुसार आमाको किरियाका लागी २ भाइका साथमा रोल्पा जान लागेकी सरिताले होस्टेलमै राखेर कक्षा १० सम्म पढाउन सक्ने पहल भइदिएमा भाइहरुलाइ दाङमै पढाउने सक्ने अवस्था रहने वताउनुभयो । यद्यपी त्यस्तो सहयोग विना सुरेन्द्र र शरदले रोल्पाकै सरकारी विद्यायमा पढ्न वाध्य हुने उहाँको भनाइ छ । यसैविच उनीहरुको पढाइका लागी पहल थालेको मगर पत्रकार संघ दाङले जिल्लामा त्यस्ता विद्यालयसंग समन्वय गरेर उनीहरुलाइ यही बसेर पढ्न मिल्ने वातावरण निर्माणमा सहयोग गर्ने वताएको छ ।

आज उनीहरुको घर ढोडेनीमै पुगेर संघले तत्कालका लागी २ हजार रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष रेखा मगरले उक्त रकम सुरेन्द्र र शरदलाई हस्तान्तरण गर्नुभएको हो । संघले खासगरी होस्टेलमै राखेर पढाउन सक्ने विद्यालय र आर्थिक सहयोगका लागी जिल्ला तथा केन्द्रमा पनि पहल गर्ने सचिब शान्तकुमार बुढा मगरले जानकारी दिनुभयो ।

यसैबीच, संघको आमस्मीक वैठकले वुवा आमा गुमाएपछि समस्यामा परेको परिवारको लागीे सहयोगीदाताहरुसंग समन्वय गर्न सचिव वुढाको संयोजकत्वमा ३ सदस्यीय सहयोग समन्वय समिति गठन गरेको छ । जसको सदस्यहरुमा प्रकाश पुन र मञ्जु रोका रहनुभएको छ । समितिले उनीहरुको लागी देश तथा विदेशमा रहेका व्यक्तिहरुसंग समन्वय गर्ने र सहयोग गरिदिन आग्रह गर्नेछ । आमावुवालाई गुमाएपछि २ वालकको हेरविचार गर्ने जिम्मेवारी २२ वर्षिया दिदी सरस्वति वुढामाथि रहेको छ ।।

स्वदेश/विदेशबाट सहयोग गर्न चाहनेहरुले निम्न व्यक्तिवहरुलाई सम्पर्क गर्न सक्नु हुन्छ:
१) रेखा मगर, दांग: +977-9868610893
२) शान्त कुमार बुढामगर, दांग: +977-9809554170

suredra-sharad-dang-001

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)