मगर विध्यार्थी सम्मान समारोह २०७३ सम्पन्न !

गायत्री रानामगर, काठमाडौँ

नेपाल मगर संघ काठमान्डूको आयोजनामा बि.स. २०७२ साल को एस.एल. सी. परिक्षा उत्तीर्ण हुने काठमान्डूमा रहेका मगर विध्यार्थीहरुलाई एक समारोहका बिच सम्मान गरिएको छ र यहि साउन १५ गते शनिबारका दिन प्रज्ञा भवन कमलादीमा आयोजित एक भब्य समारोहमा थमन रोका छात्रवृत्ती पुरस्कार तथा दुर्गादेवी थापा मगर छात्रवृत्ती पुरस्कारबाट तिन जनालाई पुरस्कृत पनि गरिएको छ र यसरी पुरष्कृत हुनेहरुमा थमन रोका छात्रवृत्ती पुरस्कार बाट क्रमश संजिब मगर, अजय आले मगर बुद्धि ब. थापा मगर र त्यसै गरी दुर्गादेवी थापा मगर महिला छात्रवृत्ती पुरस्कारबाट क्रमश सोम माया थापा मगर, तारा मगर तथा स्नेहा थापा मगर लाई सम्मानित गरिएको थियो । उक्त कार्यक्रममा मगर भाषामा आधारित पहिलो चलचित्र लंघनका निर्देशक, गीत संगित तथा साहित्य रचनाकार युवराज माष्की मगरलाई नरसिंह पल्ली कलाकारिता पुरस्कार बाट तथा जीव विज्ञान शास्त्रमा विद्यावारधि गर्नु हुने डा. अनुसा थापा मगर लाई तुलषा पल्ली उच्च शिक्षा महिला छात्रवृत्ती पुरस्कार बाट पुरस्कृत तथा सम्मानित पनि गरिएको थियो भने वरिष्ट गायिका तारा थापा मगरलाई समितिका सदस्य गायत्री रानामगर ज्यू र सावित्री थापामगर ज्यूद्धारा स्थापित लालरुपा राना मगर शास्त्रीय तथा भक्ति संगित स्मृति पुरस्कारवाट र मगर ईतिहास, भाषा, धर्म, सस्कृति, साहित्य क्षेत्रमा अतुलनिय योगदान दिनुहुने ईतिहासविद हिरासिं थापा मगरलाई समितिका उपाध्यक्ष रघु थापा मगरद्धारा स्थापित धुर्व भगवति थापा स्मृति पुरस्कारवाट सम्मान तथा पुरस्कृत गरिएको थियो ।

उक्त कार्यक्रम मा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष नविन रोका मगर, मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका अध्यक्ष त्रिलोक सिंह थापा मगर, जिवसिम साहित्य प्रतिष्ठानका अध्यक्ष संजोग लाफा मगर, उपत्यका ईन्चार्ज जीवन थापा मगर, नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिका अध्यक्ष दिपा आले मगर हेमन्त घर्ति मगर लगाएतका अतिथि वक्ताहरुवाट पुरष्कृत तथा सम्मानित हुने सबैलाई बधाई तथा शुभकामना मन्तब्य राख्नु भएको थियो र पुरष्कृत तथा सम्मानित हुनेहरुको तर्फबाट युवराज माष्की मगर, बरिष्ठ गायिका तारा थापा मगर र प्रथम हुने विध्यार्थी संजिव मगर तथा सोममाया थापा मगरले आ(आफ्नो मन्तब्य राख्नु भएको थियो र सो कार्यक्रममा कलाकारहरुबाट कौडा नृत्यहरु पर्दर्शन गरिएको थियो । संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रघु थापा मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपस्थित सबैलाई सदस्य गायत्री राना मगरले स्वागत गर्नु भएको थियो भने सदस्य रुद्र खपाङ्गी मगरले कार्यक्रम संचालन गर्नु भएको थियो ।
magar-bidhyarthi-samman-samaroha-2073-by-nma-kathmandu-002
magar-bidhyarthi-samman-samaroha-2073-by-nma-kathmandu-003
magar-bidhyarthi-samman-samaroha-2073-by-nma-kathmandu-004

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)