नेपाली पहिचानलाई उजागर गर्न विश्व मन्चमा उभिएकी छिन नेपाली चेली सुनिता पुन मगर – अनलाइन भोट गरि सफल बनाउनको लागि अपिल !

मगर मिडिया डट कम

नेपाली पहिचानलाई उजागर गर्न विश्व मन्चमा उभिएकी छिन नेपाली चेली सुनिता पुन मगर ।

म्याग्दी जिल्लाको चिमखोलामा बाबा सोम बहादुर पुन र आमा राधा देवी पुनको कोखबाट जन्मिएकी २६ बर्षीय सुनिता पुन अहिले प्रिन्स जर्ज, उत्तर ब्रिटिस कोलम्बिया, क्यानाडामा बस्छिन र University of Northern British Columbia (UNBC), Community and Population Health मा अध्यनरत छिन ।
sunita-pun-magar-miss-asian-north-america-2016-002

हरेक बर्ष अमेरिकाको लस भेगसमा Miss Asian North America को आयोजना हुने गर्दछ । यो बर्षको Miss Asian North America 2016 मा सुनिता पुनले भाग लिएकी छिन र आफुलाई TOP 21 को लिस्टमा पार्न सफल भैसकेकी छिन । मगर मिडियासंगको छोटो कुराकानीमा उनले विश्वभरि छरिएर रहेका मगरहरु तथा सम्पूर्ण नेपालीहरुलाई Online Voting System मार्फत भोट गरि यस Miss Asian North America 2016 मा सफल बनाउन हार्दिक अपिल गरेकी छिन ।

मगर मिडियाले राखेको केहि प्रश्नको जवाफ सुनिता पुनको आफ्नै शब्दमा:

मिस एसियन नर्थ अमेरिकामा भाग लिनुको कारण ?
नेपालको संस्कृति र परम्परालाई झल्काउदैँ मेरो प्रतिभा र सुन्दरता प्रदर्शन गर्ने मेरो लागि यो एउटा प्रशंसनिय र धेरै राम्रो अवसर हो । थपमा यसले मलाई समाजमा ख्याति कमाउने एउटा आधार सृजना गर्नेछ । मिस एसियन नर्थ अमेरिकामा मेरो मुख्य आधार भनेको ‘विकासशिल देशहरूमा महिलाहरूको आर्थिक शशक्तिकरण’ मा जोड दिनु हो ।

भावि योजना ?
मेरो चाहाना भनेको हेल्थ केयर प्रबन्धक बन्ने हो । मेरो अन्तिम लक्ष्य भनेको स्वास्थ्य सेवाबाट बञ्चित मानिसहरूलाई सहयोग गर्ने हुनेछ ।

विश्वभरि रहनुभएकाआम मगरहरू तथा नेपालीलाई के भन्न चाहनु हुन्छ ?
मैले मिस एसियन नर्थ अमेरिका–२०१६ मा भाग लिएको थाहा पाएर विश्वभरिका विभिन्न धेरै मगर तथा नेपाली संघ–संगठनहरूले मेरो सहभागितामा साथ दिनु भएको छ । यो व्यस्त दुनियाँमा व्यस्त समयको वावजुत पनि उहाँहरूले भोटिङ र नैतिक समर्थन दिदैँ आफ्नो अमुल्य समयलाई मेरो लक्ष्य प्राप्त गर्न सहयोग गरिरहनु भएको छ । यस आधुनिक समयमा आफ्ना आवश्यकता र लक्ष्यहरू प्राप्त गर्न विभिन्न ठाउँमा छरिएर रहेतापनि उहाँहरू आफ्नो निजि स्वार्थमा मात्र तल्लिन नभई सम्पुर्ण मगर समुदायको हितमा लागि परेको देख्दा मलाई धेरै गर्वको अनुभुति हुन्छ । असङ्ख्य सुभचिन्तकहरू जोसँग कहिल्यै भेट नभएतापनि म प्रति पुर्ण विश्वास राखिदिनुभएकोमा म आफूूलाई हृदयदेखि सम्मानित भएको अनुभूति गर्दछु र विश्वभरि रहनुभएका सबै मगरहरू र नेपालीहरु प्रति गहिरो आभार प्रकट गर्न चाहन्छु । हामीले हाम्रो विविधतायुक्त मगर संस्कृति र विरतापूर्ण इतिहासप्रति गर्व गर्नु पर्दछ । अझ थपमा हाम्रो बौद्धिकता, ईमान्दारिता र कडा परिश्रममा हामी झनै गौरवान्वित छौं ।

हाम्री चेली सुनिता पुन मगरको यस सह्रानीय कदमलाई सहयोग गर्न अनलाइन भोटिंग सिस्टम मार्फत भोट गरि सफल बनाउन मगर मिडिया संसार भरि छरिएर रहेका मगरहरु तथा नेपालीहरु प्रति हार्दिक अपिल गर्दछ । सुनितालाई सफल बनाउन एक पटक हैन पटक पटक भोट गर्न सकिन्छ । यहि जुलाई ७ को मध्ये रात सम्म सबैले भोट गरि सक्नु पर्ने छ । सुनिता पुनलाई कसरी भोट गर्ने भन्ने सबैको जिज्ञासा छ तसर्थ भोट गर्ने तरिका यहाँ उल्लेख गरिएको छ । नेपाली पहिचानलाई उजागर गर्न विश्व मन्चमा उभिएकी हाम्री नेपाली चेली सुनिता पुन मगरलाई आजै/अहिले नै भोट गरौँ र Miss Asian North America 2016 बन्न सफल बनाउँ ।

१. यो लिङ्कमा क्लिक गरि Miss Asian North America 2016 को फेसबुक पेज खोल्नुहोस: http://wshe.es/PBWvZzhb
२. पेजलाई लाइक गर्नुहोस,
३. त्यसपछि प्रतियोगीको नामहरु खोज्नुहोस्,
४. Sunita Pun खोज्नु होस्, र उनको फोटोको ठिक दाहिने पट्टि या तल पट्टी रहेको बक्समा आफ्नो इमेल ठेगाना टाइप गर्नुहोस र जहाँ भोट लेखेको छ, त्यहा क्लिक गर्नुहोस,
५. त्यसपछि तपाईको इमेल चेक गर्नुहोस । तपाईले भरखरै Sunita Pun लाई गरेको भोटको बारेमा तपाईलाई Miss Asian North America 2016 बाट इमेल आएको हुनु पर्छ । त्यो इमेल खोलेर हेर्नुहोस् त्यहाँ एउटा लिङ्क हुनु पर्छ त्यसमा क्लिक गरि तपाइको भोट कन्फर्म गर्नुहोस् ।

नोट: २४ घन्टा पछि फेरी माथिको स्टेप दोहर्याउदै तपाइले फेरी भोट गर्न सक्नु हुनेछ । त्यस्तै, अरु थप नयाँ इमेल ठेगानाहरु बनाएर Sunita Pun लाई धेरै भोट दिन सकिने छ ।
sunita-pun-magar-miss-asian-north-america-2016-003
sunita-pun-magar-miss-asian-north-america-2016-004
sunita-pun-magar-miss-asian-north-america-2016-005
sunita-pun-magar-miss-asian-north-america-2016-006
sunita-pun-magar-miss-asian-north-america-2016-007
THANK YOU AND OUR BEST WISHES TO OUR CHELI SUNITA PUN MAGAR !

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

5 thoughts on “नेपाली पहिचानलाई उजागर गर्न विश्व मन्चमा उभिएकी छिन नेपाली चेली सुनिता पुन मगर – अनलाइन भोट गरि सफल बनाउनको लागि अपिल !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)