बेसीशहरमा मगर विद्यार्थीहरु सम्मानित !

कृष्ण आले मगर
बेसीशहर, असार १२

नेपाल मगर संघ बेसीशहर ईकाइले एसएलसी परीक्षामा सफल हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । ईकाइले बेसीशहरमा बसोवास गर्ने मगर विद्यार्थीहरुलाई सम्मान गरेको हो । सम्मानित हुने मगर विद्यार्थीहरुमा अर्थली प्यारडाईज बोर्डिङबाट ए ग्रेडमा उत्तीण हुने मनरुप राना मगर, सैनिक आवासीय मावि पोखराबाट ए ग्रेडमा उत्तीण हुने भद्रबहादुर राना, ल्याण्ड स्टार बोडिङबाट बि प्लस ग्रेडमा उत्तीण हुने सुजन खवास मगर, न्यू ईरा बोर्डिङबाट बि प्लस ग्रेडमा उत्तीण हुने सृजना भण्डारी भुजेल, जनविकास उच्चमाविबाट सी ग्रेडमा उत्तीण हुने अनिता राना मगर, विद्याविकास उच्चमाविबाट सी प्लस ग्रेडमा उत्तीण हुने सबिता राना मगर र न्यू ईरा बोडिङबाट बी ग्रेडमा उत्तीण हुने रेश्मा घिमिरे राना रहेका छन् । कार्यक्रममा विद्यार्थीहरुलाई नगद पुरस्कार, मायाको चिनो र खादाका साथ सम्मान गरिएको थियो । विद्यार्थीहरुलाई सम्मान गर्दै प्रमुख अतिथि नेपाल मगर संघका जिल्ला अध्यक्ष राममाया थापा मगरले शिक्षाको गन्तव्य नैतिक चरित्र निर्माण भएको धारणा राख्दै विद्यार्थीहरुलाई हौसला प्रदान गर्न सकिएमा समाज र राष्ट्रका लागि फाईदा हुने बताउनु भयो । साथै अध्यक्ष थापाले अविभावक भनेको पहिलो शिक्षक भएको हुनाले आफ्ना सन्ततीहरुलाई शैक्षिक वातावरण दिन सकेमा विद्यार्थीहरुले व्यवहारिक ज्ञान प्राप्त गर्न सक्ने बताउनु भयो । कार्यक्रममा नर्सरी देखि कक्षा ९ सम्म उत्तीर्ण हुने बालबालिकहरुलाई पनि सम्मान गरिएको थियो ।
nma-besi-shahar-unit-honors-slc-2072-passed-students-002
विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रममा जिल्ला अनुसन्धान लमजुङमा कार्यरत भोज बहादुर राना मगर, मगर बुद्धिजिवी एवं नेपाल मगर संघ कन्द्रीय पूर्व सदस्य बलबहादुर राना मगर, जिल्ला पुुर्व सचिव होम बहादुर राना मगर, मगर पत्रकार संघका केन्द्रीय सदस्य तथा स्वतन्त्र शक्ति साप्ताहिकका कार्यकारी सम्पादक कृष्ण आले मगर लगायतले शुभकामना दिनुभएको थियो । नेपाल मगर संघ बेसीशहर ईकाइका अध्यक्ष पवित्रा राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा ईकाइका सदस्य राममाया राना मगरले स्वागत गर्नु भएको थियो भने संघका सचिव किशोर राना मगरले सञ्चालन गर्नु भएको थियो ।
nma-besi-shahar-unit-honors-slc-2072-passed-students-003

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)