मगर जातिको राजनैतिक अधिकार र मगर विद्यार्थीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न !

दिपा आले मगर, काठमाडौँ, असाढ ११

नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको आयोजनामा मगर जातिको राजनैतिक अधिकार र मगर विद्यार्थीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।
मगर जातीको राजनैतिक अधिकारका बारेमा मगर विद्यार्थीको भूमिका कस्तो हुनु पर्दछ भन्ने विषयलाई केन्द्रीत गरिएको हो ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल मगर संघका पूर्व अध्यक्ष एवंम सल्लाहकार अग्रज नेता यम बहादुर बुढाथोकीमगरले राजनैतिक क्षेत्रमा मगर समुदाय पछाडि परेको बताए । उनले राजनैतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक, प्रशासनीक लगायतका क्षेत्रमा मगर समुदायलाई अगाडि बढाउन सचेत युवा मगर विद्यार्थीहरुले भूमिका खेल्नु पर्ने धारणा व्यक्त गरे । कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष एवंम सल्लाहकार रामबहादुर थापामगर, नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष एवंम सल्लाहकार भोज विक्रम बुढामगर, नेपाल मगर संघ केन्द्रीय समितिका सचिव एवंम नेपाल मगर विद्यार्थी संघका निःवर्तमान अध्यक्ष रेनुका काउचामगर, नेपाल मगर संघ ललितपुरका अध्यक्ष कुष्ण बहादुर रानामगर, ल क्याम्पस युवा नेता रञ्जीता कार्की लगायतले आ आफ्ना धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि यम बहादुर बुढाथोकीमगरले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्धारा आयोजित नेपाल सरकारका नवनियुक्त शाखा अधिकृतहरुको लागि संचालितक आधारभुत प्रशासनिक तालिममा स्वर्ण पदक प्राप्त गर्न सफल अधिकृत किरण थापामगरलाई खादा लगाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

उद्घाटन सत्र सम्पन्न भए लगतै प्रशिक्षक द्धय नवनियुक्त नेपाल सरकारका अधिकृत रामचन्द्र आलेमगर र पत्रकार केवि रानामगरले नेतृत्व विकास, संगाठनीक विकास, समसामायिक राजनैतिक विषयमा मगर विद्यार्थीको भूमिका र महत्वको बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा उपत्यका भित्र रहेका क्याम्पसका विद्यार्थीहरुको सहभागीता रहेको थियो भने कार्यक्रमलाई सफल पार्न विभिन्न संघसंस्थाका व्यक्तित्वहरुको सहभागीता थियो ।

सघका अध्यक्ष दिपा आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमको सहजिकरण संघका कोषाध्यक्ष कोकिल अस्थानीमगरले गरेका हुन् भने स्वागत मन्तब्य केन्द्रीय सदस्य निरज पुनमगरले गरेका थिए । कार्यक्रममा केन्द्रीय समितिका केन्द्रीय सदस्यहरु हिमाल घर्तिमगर, चन्द्रसंगीन थापामगर, सरिता रानामगर, सुमना थापामगर, मुना थापामगर, निःवर्तमान केन्द्रीय सदस्य अम्बिका थापामगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रयोजन आदिबासी जनजाति राष्टिय उत्थान प्रतिष्ठानले गरेको हो ।
कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने तपाई सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं । अगाडि दिनमा पनि यहांहरुको साथ र सहयोगको अपेरक्षा गर्दछौं ।

सोही कार्यक्रमको केही दृश्यहरु:
magars-in-politics-and-roll-of-magar-students-interation-pgm-2073-03-11-001
magars-in-politics-and-roll-of-magar-students-interation-pgm-2073-03-11-003
magars-in-politics-and-roll-of-magar-students-interation-pgm-2073-03-11-004
magars-in-politics-and-roll-of-magar-students-interation-pgm-2073-03-11-005
magars-in-politics-and-roll-of-magar-students-interation-pgm-2073-03-11-006
magars-in-politics-and-roll-of-magar-students-interation-pgm-2073-03-11-007
magars-in-politics-and-roll-of-magar-students-interation-pgm-2073-03-11-008
magars-in-politics-and-roll-of-magar-students-interation-pgm-2073-03-11-009
magars-in-politics-and-roll-of-magar-students-interation-pgm-2073-03-11-010
magars-in-politics-and-roll-of-magar-students-interation-pgm-2073-03-11-011
magars-in-politics-and-roll-of-magar-students-interation-pgm-2073-03-11-012
magars-in-politics-and-roll-of-magar-students-interation-pgm-2073-03-11-013
magars-in-politics-and-roll-of-magar-students-interation-pgm-2073-03-11-014
magars-in-politics-and-roll-of-magar-students-interation-pgm-2073-03-11-015
magars-in-politics-and-roll-of-magar-students-interation-pgm-2073-03-11-016

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)