फोटो फिचर – म्याग्दीको रुम-६ बेलीमा रहेको ज्ञान विकास प्राथमिक विद्यालयलाई प्राबिधिक सहयोग हस्तान्तरण !

मगर मिडिया, काठमाडौँ

म्याग्दीको अति बिकट गाउँ रुम—६ बेलीमा रहेको ज्ञान विकास प्राथमिक विद्यालयमा ५ लाख बराबरको प्राबिधिक सहयोग हस्तान्तरण गरिएको छ । मगर्स कृयसन नेपालको संयोजन र रोजगारको सिलसिलामा इजरायलमा रहेकी विष्णु पुन मगरको सक्रियतामा सुरू गरिएको अभियानबाट संकलित रकमबाट विद्यालयलाई दुईसेट सेलार, कम्यूटर सेट, फोटोकपी दुईवटा ब्याट्टी र इन्भर्टर सहितका आवश्यक शैक्षिक साम्रागी हस्तान्तरण गरिएको हो । मगर्स कृयसन कै संयोजनमा स्कुलमा गरिएको कार्यक्रममा गाउँका जेष्ठ नागरिक, समाजसेवी एवं बिष्णु पुनको हजुरबुबा श्री शिवलाल पुनले कम्यूटरको पावर बटन थिचेर कम्प्युटर सन्चालन गर्दै उद्घाटन गरेका थिए । गाउँकै जेष्ठ नागरिकले कम्यूटर छोएर कार्यक्रमको उद्घाटन गरेको हेर्न बेली गाउँका सबैजसो घर धुरीबाट विद्यालयमा पुगेका थिए ।
000-gyan-bikash-pra-bi-ruma-beli-myagdi

गाउँको विद्यालयलाई सहयोग भित्रिएपछि सहयोग संकलन अभियानकी विष्णु पुनमगरका हजुरवावा शिवलाल पुन, पिता लालु पुन, आमा भिमसरा पुन सहित कार्यक्रममा उपस्थित भएका अतिथिलाई आमा समुह सहित गाउँलेले घरबाट भब्य स्वागत सहित विद्यालयमा पु¥याएका थिए । कार्यक्रममा प्रमुख अतिथि मगर्स कृयसनका संस्थापक आशिर्वाद पुनमगरले विद्यालयलाई आवश्यक पर्ने पुर्वाधार जुटाउन भविस्यमा समेत निरन्तर सहयोग संकलन गरिने बताए । त्यसैगरी विशिष्ट अतिथि मगर संघ म्याग्दीका सचिव लोकेश पुनमगरले सहयोगलाई सदुपयोग गर्न अनुरोध गरे । उनले विद्यालयमा आवश्यक रहेका उपकरणले शैक्षिक गतिविधिलाई अगाडी बढाउन समेत महत्वपुर्ण भूमिका निवार्ह गर्ने बताए । त्यसैगरी ओमकुमारी शान्ति कोषका उपाध्यक्ष एवम् पत्रकार हरिकृष्ण गौतमले विद्यार्थीको पठनस्तरमा सुधार ल्याउन आधुनिक प्रविधिको समेत प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीलाई पढ्ने बानीको विकास गराउने गरी कम्यूटर शिक्षालाई समेत प्राथमिकता राख्नुपर्नेमा जोड दिए । सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीयले लोपउन्मुख मारुनी नृत्य सहित विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।
006-gyan-bikash-pra-bi-ruma-beli-myagdi
004-gyan-bikash-pra-bi-ruma-beli-myagdi
005-gyan-bikash-pra-bi-ruma-beli-myagdi
001-gyan-bikash-pra-bi-ruma-beli-myagdi

कार्यक्रममा लिइएका अन्य फोटोहरु यहाँ पोस्ट गरिएको छ, फोटो ठुलो पारेर हेर्न फोटोमा क्लिक गर्नु होस्:

admin

admin

Mr. Aashirwad Pun Magar, CEO of Magars Creation Company (Multipurpose Investment Company) Uses All The Admin Accounts. Mr. Pun Manages Whole Company Wide Day To Day Works Which Includes Finance, Media, IT, Consultancy, Retails, NICE Media Network, Printing Press, Travel/Tours, Transportation, Film Production, Music Video Production, Public Relation, Hydro Power and More...

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)