गलत राज्यव्यवस्थाको विरुद्ध मगर संघको आन्दोलनः नवीन रोकामगर !

नबिन लोचन मगर, रोल्पा

नेपाल मगर संघको आन्दोलन कुनै जाति विशेष वा समुदाय विशेषको नभएर गलत राज्यव्यवस्थाका विरुद्धमा भएको नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोकामगरले बताएका छन् । रोल्पा, रुकुमलाई विशेषाधिकार सहित सबै हिसावले सम्बोधन हुनुपर्ने भन्दै रोकामगरले सशस्त्र द्वन्द्वमा रोल्पाका मगर समुदायको ठूलो बलिदान भएकोले पनि राज्यले विशेष अधिकारसहित सम्मान गर्नुपर्ने बताए ।

नेपाल मगर पत्रकार संघ रोल्पाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नवीन रोकामगरले राजनीतिक दलहरुले आदिवासी जनजाती, मगर, उत्पीडित, उपेक्षित वर्गलाई सत्तामा पुग्ने भ¥याङ मात्र बनाएको आरोप लगाए । भूमि, धर्म, संस्कार संस्कृतिको संरक्षण गर्नु हरेक नागरिकको कर्तव्य भएकाले कुनै जाति विशेष भन्दा पनि सबै समुदायको सकारात्मक सहकार्य हुनुपर्ने बताए । ‘संस्कार संस्कृति जोगाए समाज जोगिन्छ, समाज जोगाए मुलुक जोगिन्छ’ उनले भने ‘मुलुक जोगिनु भनेको व्यक्तिको मौलिकता जोगिनु हो ।’ आफूहरुले जातिय राज्य नभएर सबै जातिको समानता चाहेको उनले स्पष्ट पारे ।

नेपाल मगर पत्रकार संघ रोल्पाका अध्यक्ष नवीन लोचनमगरको अध्यक्षता तथा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोकामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमवी आस्थामगर, मगरात अभियन्ता राम जर्घामगर, थरुहट स्वायत्त राज्य परिषद्का केन्द्रीय संयोजक श्रवण थारु, एबीसी टेलिभिजनका पोखरा रिपोर्टर गीता रानामगर, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव इश्वरी घर्तीमगर, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष काशीराम डाँगी, पूर्व अध्यक्ष एवम् आदिवासी पत्रकार महासंघ फोनिजका मध्यपश्चिम संयोजक खेम बुढामगर लगायतको आतिथ्यता रहेको थियो ।

पत्रकार सम्मेलनमा अतिथिहरुलाई अध्यक्ष नवीन लोचनमगरले दोसल्ला ओढाएर सम्मान गरेका थिए । नेपाल मगर पत्रकार संघ रोल्पाका सचिव कमान पुनमगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष पहलमान घर्तीमगरले स्वागत गरेका थिए । मगरहरुको ठूलो पर्व भूम्याको अवसरमा रोल्पा आएका मगर संघका केन्द्रीय अध्यक्ष लगायतको टोली शुक्रबार नै थबाङ प्रस्थान गरेको छ ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)