उपराष्ट्रपति नन्द बहादुर पुन मगरको चीन भ्रमणका तस्वीरहरु !

१. चीन भ्रमणमा रहनु भएका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चीनका उपप्रधानमन्त्री वाङ याङले आइतबार शिष्टाचार भेट गर्ने क्रममा चीनका राष्ट्रपति शि जिनपिङलाई नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवि भण्डारीले पठाउनु भएको निमन्त्रणा पत्र चीनका उपप्रधानमन्त्रीलाई दिंदै उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ । पत्र दिएपछि चिनियाँ उपप्रधानमन्त्रीसँग तस्वीर खिचाउँदै नेपाली प्रतिनिधि मण्डल ।
vp-nanda-bahadur-visiting-china-photo-feature-0010vp-nanda-bahadur-visiting-china-photo-feature-0011

२. आइतबारदेखि युन्नान प्रान्तको कुन्मिङ शहरमा सुरु भएको चौथौँ चीन दक्षिण एशिया एक्स्पोमा राखिएका नेपाली स्टलहरुको अवलोकन गर्नुहुँदै उपराष्ट्रपति । र, नेपाल स्टलमा राखिएको काठ खोप्दै ।
vp-nanda-bahadur-visiting-china-photo-feature-0020vp-nanda-bahadur-visiting-china-photo-feature-0021

३. आइतबार नै भएको ११ औँ चीन दक्षिण एशिया बिजनेश फोरममा सहभागी हुँदै र संबोधन गर्नुहुँदै उपराष्ट्रपति ।
vp-nanda-bahadur-visiting-china-photo-feature-0030vp-nanda-bahadur-visiting-china-photo-feature-0031

४. यून्नान प्रोभिन्सीएल ईनर्जी ईन्भेष्टमेन्ट ग्रुप कम्पनीको श्रीलिनमा रहेको सोलार स्टेशनको सोमबार अवलोकन भ्रमण गर्नुहुँदै उपराष्ट्रपति । जलविद्युत, सोलार र वायुबाट गरी १३ हजार मेगावाट विद्युत उत्पादन गरिरहेको उक्त कम्पनिले श्रीलिनमा सोलारबाट ६६ मेगावाट विजुली उत्पादन गरिरहेको छ । विजुलीका राखिएका सोलार प्यानलहरु ।
vp-nanda-bahadur-visiting-china-photo-feature-0042vp-nanda-bahadur-visiting-china-photo-feature-0041vp-nanda-bahadur-visiting-china-photo-feature-0040

५. यून्नानतको श्रीलिन चीनयुयानमा रहेका फलफूल, फूलको औद्योगिक बगैचामा उपराष्ट्रपति । उहाँले महंगो फलफूलको रुपमा रहेको ब्लुबेरी बगैचाको भ्रमण गर्नुभयो । ४ सय हेक्टरमा रहेका बगैचाको २ सय हेक्टरमा ब्लुमेरी रोपिएको छ । ९५ वर्षको आयु हुने ब्लुमेरीको फल प्रतिकेजी २ सय युयानमा विक्रि हुन्छ ।
vp-nanda-bahadur-visiting-china-photo-feature-0050vp-nanda-bahadur-visiting-china-photo-feature-0051

६. श्रीलिनका स्थानीय स्थानीय जनजाति समुदायले आफ्ना मौलिक पोषाक उपहार दिएपछि उक्त पोषाक लगाएर स्थानीयहरुसँग तस्वीर खिचाउँदै उपराष्ट्रपति ।

७. श्रीलिनमै रहेको स्टोन फरेष्ट पार्कको भ्रमण गर्नुहुँदै उपराष्ट्रपति । यून्नानकै प्रमुख पर्यटन गन्तव्यको रुपमा रहेको उक्त पार्कमा ४४ मिटर अग्लासम्मका ढुंगा छन् । जहाँ दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटकहरु भ्रमण गर्ने गर्दछन् । मोबाईलबाट ढुंगाको दृष्य कैद गर्दै उपराष्ट्रपति र अग्ला अग्ला ढुंगाहरु ।

चीनको औपचारिक निम्तोमा २८ जेठमा चीन भ्रमणमा जानु भएका उपराष्ट्रपतिले आइतबार कुन्मिङमा दुई ठूला कार्यक्रमहरुलाई संबोधन गर्नुभयो । उहाँले चौथो चीन दक्षिण एशिया एक्स्पो र ११ औँ चीन दक्षिण एशिया बिजनेस फोरमलाई सम्बोधन गर्नुभयो । त्यसै दिन चीनका उपप्रधानमन्त्रीले उपराष्ट्रतिसँग शिष्टाचार भेट गर्नुभयो । उहाँ मंगलबार यून्नान प्रान्तको स्वशासित क्षेत्र शी स्वाङ पाएन नाको भ्रमणमा जाँदै हुनुहुन्छ ।


फोटो: मनोज घर्तीमगर
उपराष्ट्रपतिको प्रेस संयोजक

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)