म बाँच्न चाहन्छु तर म संग उपचार गर्ने पैसा छैन !

प्रताप रानामगर
तनहुँ, जेठ ३२

सायद मेरा कुरा सुन्ने कोही पनि छैन जस्तो लाग्छ कहिले काही त । म बिरामी भएको पनि ६ महिना बितिसकेछ तर अहिले सम्म त निको हुनु पर्ने हो तर झन व्यथाले च्यापिराखेको छ । यी भनाई तनहुँको राम्जाकोट गाविसका वडा नम्बर ८ गवदीका १६ बर्षिय बालक विकास थापामगरको हो । विकास ६ महिना अगाडि देखि बिरामी भएका थिए तर एक महिना अगाडि मात्र अस्पतालमा चिकित्सकले विकासको स्वास्थ्य परिक्षण पछि मात्र उनको परिवारले थाहा भयो । मृगौला खराब थाहा पाउन साथ उनका परिवारले दमौली अस्पताल, पोखराको गण्डकी अस्पताल, मणिपाल शिक्षण अस्पताल, मेट्रोसेटी अस्पतालमा उपचार गर्दा १ लाख ५० हजार रुपैयाँ खर्च गरिसकेको छ । अहिले रकम नहुदाँ बालकले उपचार गर्न पाएका छैनन । मृगौला पिडित मगरको घरको आर्थिक अवस्था दयनीय रहेकाले उपचार गर्न नसकेको बालकको फुपु टकमाया थापाले बताइन ।

तत्काल डाइलेसिस र अन्य उपचार गर्नु परेपनि रकम अभावमा अहिले घरमा नै रोगसंग संघर्ष गरिरहेको मृर्गौला पिडित विकासले बताए । म बाँच्न चाहन्छु । तर म संग उपचार गर्न पैसा छैन । रुर्दै मृगौला पिडित विकासले पत्रकारसंग भने । पिडित थापामगरको उपचारका लागि व्यास ७ पाटनकी रश्मी थापामगरले सामाजिक संजालमा विकास थापामगर बचाउन अभियान सञ्चालन गरेर आर्थिक संकलन गरिरहेकी छिन । दमौलीको बाराही कलेजबाट कक्षा १२ को परिक्षा दिएर बसेकी थापामगरले मृगौला पिडित थापामगरको उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैसंग हात जोडेर बिन्ती गरेकी छिन । केही रकम संकलन भए तत्काल उनको उपचारका लागि आगडि बढाउने बिकास थापामगर बचाउ अभियानले जनाएको छ ।मृगौला पिडित थापामगरको बाबु आमा सामान्य किसान हुन ।
bikash-thapa-magar-tanahu-002

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

One thought on “म बाँच्न चाहन्छु तर म संग उपचार गर्ने पैसा छैन !

  1. सयोगत गर्ने कसरी कहाँ कस्लाई दिने पैसा म सहयोग गर्ने छु सम्पर्क नम्बर र ेगना दिनुहोला र सम्बन्धित मान्छु हुनुहोला !imo number +966580896853

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)