मगर कथानक चलचित्र पाहुरको प्रर्दशन पाल्पाबाट सुरु हुने !

मगर मिडिया
फागुन १, पाल्पा

ड्रिम्स स्टुडियो प्रा.ली.को व्यावनरमा बनेको नेपाली मगर कथानक चलचित्र पाहुरको प्रदर्शन पाल्पाबाट सुरु हुने भएको छ । पाल्पाका विभिन्न ठाउँहरुमा पाहुर चलचित्रको अधिंकाश छायाङ्कन भएकोले चलचित्रलाई पाल्पाबाट नै प्रदर्शनमा ल्याउन खोजिएको हो । पाल्पाको टुटुङमा ४ गते र खानीछापमा यहि फागुन ५ गते प्रदर्शन हुने भएको छ ।

सुमन थापा मगरको निर्देशन तथा श्याम थापा मगर र रिमा थापा मगर निर्माता रहेको चलचित्र पाहुर विशेष गरी मगर समुदायको कथामा आधारीत नेपाली भाषामा बनेको चलचित्र हो । यस चलचित्रको छाँयांकन अधिकांश पाल्पा र स्याङ्जाको रमणिय र ऐतिहासिक ठाउँहरुमा भएको निर्माण स्रोतले जनाएको छ ।

चलचित्रको कथा तथा सम्पादन सुमन थापा मगरको नै रहेको छ भने कथालाई संवाद तथा पटकथामा डम्बर सोमै मगर, बाबुराम घिमिरे र श्याम राना मगरले गरेका हुन् । गणेश पुर्वछाने मगरको छाँयाङ्कन रहेको चलचित्रमा गीत तथा संगीत मान बहादुर बराल मगर र नृत्य भुपेन्द्र रिखाम मगर र सुवास बलाल मगरको रहेको छ । चलचित्रमा मिनुज रानामगर, निश्चल चर्तीमगर, गिरी प्रसाद पुन मगर(लाहुरेदाई) सुमन बुढामगर, सरिता आले मगर, हेमु मिदुन मगर, टिका आले मगर, विष्णु श्रेष्ठ, धनि आले मगर, श्याम राना मगर, महेन्द्र दर्लामी मगर, सिमा थापा मगर, विना थापा मगर, रिजन कुँवर मगर, दुरेन्द्र आले मगर, हुम कुँवर मगर लगायत कलाकारहरुको अभिनय देख्न सकिने छ ।
प्रेम कथामा आधारित चलचित्रले मगर संस्कृतिलाई कलात्मक रुपले उठान गरेको हुदाँ पाहुर फिल्मलाई एक पल्ट आम नेपाली दर्शकले हेरिदिने विश्वास विश्वास निर्माता श्याम थापा मगरले गर्नुभएको छ । पाल्पाको यो प्रदर्शन सँगै देश तथा विदेशका विभिन्न ठाउँहरुमा यसको प्रर्दशनी हुने भएको छ ।

 

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)