२३ वर्षे नर्विण मगरले सेल्फ गाइडिङमा सगरमाथाको शिखर चुम्दै !

श्याम राना मगर
फाल्गुन २, काठमाण्डौ

सुरक्षित भविष्यको लागि हिमाल बचाऊँ  अभियान भन्ने सन्देशका साथ २३ वर्षे नर्विण राना मगर सेल्फ गाइडिङमा सगरमाथाको आरोहण गर्ने भएका छन् । सगरमाथाको काखमा रहेको साविक वार्सा ९   हाल ढुधकोशी  गाउपलिका वडा न २ सोलुखुम्बुमा बुवा जीत बहादुर मगर र आमा तिलमायाको कोखबाट वि.सं. २०५२ मा जन्मेका मगरले यहि आउँदो मे २० तारिख  सगरमाथाको शिखर चुम्ने लक्ष्य राखेका छन् । यहि अप्रिल ७ गते काठमाण्डौँबाट सगरमाथा आरोहणका लागि सगरमाथा बेस क्याम्पतिर लाग्ने नर्विनले मे १८, १९ र २० गते सगरमाथाको आरोहण गर्नेछन् ।

६ हजार भन्दा उचाईका हिमालहरुको सफल आरोहण गरिसकेका मगरले मेरापिक (६,४७६ मि), आइसल्याण्ड पिक (६,१८९ मि) को हिमाल नौँ पल्ट र पोकल्डे पिक (५,८०६ मि), र लोबुचे इस्ट (६,११९ मि) हिमाल पनि कलिलो उमेरमा नै सफलता पुर्वक चढिसकेका छन् ।
ग्रेट हिमालयन ट्रेल GHT ४  महिनाको अवधिमा  गाइडको रुपमा सफलता पुर्बक पुरा गरि कलिलो उमेरमा पुरा गर्ने नेपालीको रेकर्ड बनाएका उनी हाई अल्टिच्युडमा आयोजना गरिने एभरेष्ट म्याराथन २०१२ (४२ कि.मी.), अन्नपुर्र्ण म्याराथन २०१३ (५० कि.मी.) सोलुसल्लेरी देखि पिके २०११ (२८ कि.मी.) दौड समेत पुरा गरेका छन् ।

प्याराग्याईडिङ, रक क्लाइमिङ जस्ता साहसिक कार्य गर्न मन पराउने उनी पाइनियर एड्भेन्चरको टेक्निकल सपोर्ट र ७ पल्ट सम्म सगरमाथाको सफल आरोहण गरि सक्नु भएका लाक्पा शेर्पा सँग उनी जानेछन् ।

सानै देखिनै प्रकृति सँग रमाउन चाहने र नयाँ नयाँ कुरा सिक्न र गर्न चाहने नर्विण साधारण परिवारमा जन्मेकाले कक्षा ६ सम्मको मात्र औपचारिक शिक्षा हासिल गर्न पाए । सुरुसुरुमा परिवारको साथ सहयोग विना नै २०११ मा काडमाण्डौ छिरेका मगर काठमाण्डौको अपरिचित र नयाँ बातावरणमा संघर्ष गर्दै नेपाल वर्डनेस वल्डरनेस ट्रेक्स प्रा.लीबाट पर्यटन व्यवसायमा छिरेर पोटर, गाइड, माउन्टेन गाइड हुदैँ अहिले हाई फाइव एड्भेन्चर्स प्रा.लि.का प्रवन्ध निर्देशक भएर यो क्षेत्रमा ७ बर्षको अनुभव बटुल्दै गर्दा उनी साना ठुला हिमाल सगैँ विश्वकै अग्लो हिमाल सगरमाथा चढ्ने लक्ष्य लिन पुगेका हुन् ।

उनले अहिले ट्रेकिङ गाइड तालिम, रक क्लाइमिङ कोर्ष, आइस क्लाइम्विङ, एड्भान्स वाइल्डरनेस फस्ट एड कोर्ष, माउन्टेनरिङ ट्रेनिङ जस्ता एड्भान्स तालिमहरु हासिल गरिसकेका छन् । त्यसैले उनी आफै पनि एक व्यवसायिक गाइड भएकाले टेक्निकल सर्पोट बाहेक उनका लागि छुट्टै गाइड भने लैजाने छैनन् ।

भविष्य सुरक्षितको लागि हिमाल बचाऊँ अभियान  भन्ने सन्देश बोकेर सगरमाथा चढ्न लागेका नर्विण यदि आफ्नो यस सगरमाथा आरोहणका लागि स्पोन्सरशिप गर्न चाहने संघसंस्थाहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो संघसंस्थाको नाम फैलाउन चाहनेहरु सँग समन्वय सहकार्य गर्नका लागि इच्छुक रहेकाले सवैसँग आर्थिक, भौतिक, नैतिक सवै खाले सहयोगका लागि समेत उनले आह्वान गरेका छन् ।

उनलाई सहयोग गर्न चाहने व्यक्ति तथा संघसंस्थाले magarnarbin@gmail.com  मा इमेल गरि सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)