ट्रेकिङ पर्यटनको प्रबर्द्धनको लागि टानको संयुक्त ल्होसार कार्यक्रम सम्पन्न(फोटो फिचर सहित)!

मगर मिडिया
२९ माघ, काठमाण्डौ

ट्रेकीङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले आयोजना गरेको संयुक्त ल्होसार कार्यक्रम आइतबार राजधानीको ह्यायत रेजेन्सी होटलमा भव्य रुपमा सम्पन्न भएको छ ।

हिमालय स्थानमा बसोबास गर्ने शेर्पा, ह्योल्मो, तामाङ, गुरुङ र भोटे जातीहरुले बिशेष चाडको रुपमा मनाउने ल्होसार चाडको अवसर पारेर टानले शुभकामना आद्रानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन पुर्व प्रधान मन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको थियो । कार्यक्रममा शुभकामना दिदैँ अध्यक्ष प्रचण्डले आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्रको विकल्प नभएको पनि बताउनु भयो । साथै टानले प्रत्येक बर्ष मनाउने ल्होसारले साँस्कृतिक र आर्थिक रुपमा दिगो पर्यटनको लागि टेवा पु¥याएको बताउनु भयो ।

टानको अध्यक्ष नवराज दाहालले ल्होसारको शुभकामना दिदैँ नेपालको पर्यटन क्षेत्रमा सरकारले यथोचित ध्यान दिन नसकेकोमा गुनासो गर्नुभयो । साथै बिदेशी पर्यटक भित्रने मुख्य प्रवेशद्धार त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको दयनिय अवस्था रहेको भन्दै स्तर उन्नती आवश्यक रहकोमा समेत जोड दिदैँ गैर कानुनी ढङ्गबाटबाट एनजिओहरु मार्फत पर्यटक लैजाने हुँदा त्यो पनि बन्द गर्नु पर्ने माग राख्नुभयो ।


ट्रेकिङ क्षेत्रमा संलग्न भएका अशिकांश व्यवसायीहरू तथा ट्रेकिङ क्षेत्रहरु ल्लोछार मनाउने समुदाय भएका कारण संयुक्तरुपमा ल्होछार कार्यक्रमको आयोजना गरिएको र जसले ट्रेकिङ पर्यटनको प्रवद्र्धधनमा पनि एक भएर अगाडि बढ्न सहयोग पुग्ने साथै यसको प्रवद्र्धनमा टेवा पुग्ने कुरा टानका मिडिया संयोजक गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रमलाई टानका महासचिव आङ पेम्बा शेर्पाले सञ्चालन गर्नुभएको थियो भने टानका कार्यसमिती सदस्य रितु गाम्देन तामाङले कार्यक्रमको संयोजक गर्नुभएको थियो ।

 

 

 

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)