नेपाल आदिवासी जनजाति पत्रकार महासंघको अधिवेशन फागुनमा हुने !

मगर मिडिया
वीरगन्ज, २९ माघ

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साको बैठक शनिबार वीरगन्जको श्रीपुर स्थित कुमुदुनी एकेडेमीमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष कुल नारायण प्रधान दिलिपको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले आदिवासी जनजाति पत्रकारहरुलाई नयाँ सदस्यता वितरण गर्ने, महासंघको अधिवेशन गर्ने, विभिन्न संघ संस्थाहरुसँग अन्तरकृया तथा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने निर्णय गरेको छ ।  जिल्ला अधिवेशन तयारीका लागि अध्यक्ष दिपिल प्रधानको संयोजकत्वमा नीरज पिठाकोटे, हेमन्त तामाङ, अजित भुजेल, प्रकाश थारु, कुसुमलाल श्रेष्ठ, दिपेश श्रेष्ठ लगायत रहने गरी सात सदस्यीय अधिवेशन तयारी समिति गठन गरेको छ । त्यस्तै विभिन्न संघ संस्थाहरुसँग समन्वय गरेर अन्तकृया तथा विविध कार्यक्रम गर्नको लागि जगत राईको संयोजकत्वमा मूनेश कुमार लायो मगर, नन्द किशोर पञ्जियार, सुवाष आले मगर, संतोष रञ्जितकार, लगायतको रहने गरी समिति गठन गरेको छ । शनिबार सम्पन्न बैठकमा महासंघका सल्लाहाकार बलराम श्रेष्ठ, कार्यसमितिका सदस्यहरु लगायत आदिवासी जनजाति समुदायका पत्रकारहरुको सहभागिता रहेको थियो ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)